केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले गरेको परीक्षणमा बन्दागोभी, गोलभेडा, भिण्डी, बोडी, घिउसिमी, घिरौला, परवल र लौका लगायतका गरी ९ वटा नमुना परीक्षण गरिएको थियो ।
प्रयोगशालाको प्रतिवेदनअनुसार परीक्षण गरिएका सबै नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष तोकिएको रोकावट प्रतिशतभन्दा कम रहेको पाइएको छ । त्यसैले सबै नमुनालाई ‘उपभोग योग्य (Consumable)’ वर्गमा राखिएको छ ।
परीक्षण गरिएका नमुनामा मकवानपुरको थाहा नगरपालिका, काठमाडौंको चन्द्रागिरि नगरपालिका, गोरखाको गण्डकी गाउँपालिका, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका, धादिङको धुनिबेँसी नगरपालिका तथा भारतबाट ल्याइएका तरकारीसमेत रहेका छन् ।
प्रयोगशालाले यो परीक्षण कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण भएकाले अन्य विषादी तथा रसायनका हकमा यही नतिजा लागू नहुने स्पष्ट पारेको छ ।











प्रतिक्रिया थप्नुहोस्