भोटेकोशी बाढीपीडितका लागि तयार राहत खाद्य पदार्थको अनुगमन

काठमाडौं, ३० भदौ । भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण तथा अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गरिएको अनुगमनका क्रममा राहतका लागि तयारी अवस्थामा राखिएका खाद्य पदार्थको गुणस्तर तथा लेबलसम्बन्धी अवस्था जाँच गरिएको हो ।

अनुगमनका क्रममा काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा जीरा मसिनो चामल, चना, चना फ्लेक्स, बिस्कुटलगायत खाद्य पदार्थ राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको थियो । ती खाद्य पदार्थको लेबलमा ब्याच नम्बर, उत्पादन/प्याकेजिङ गर्ने उद्योगको नाम तथा ठेगाना उल्लेख हुनुका साथै उपभोग्य मिति समाप्त नभएको पाइएको विभागले जनाएको छ ।

त्यस्तै, थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा स्तरोन्नति गरिएको (फोर्टिफाइड) स्टिम जीरा मसिनो चामल, मुसुरो दाल, सूर्यमुखी तेल, आयोनुनलगायत खाद्य पदार्थ राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको छ । ती खाद्य पदार्थको लेबलमा पनि आवश्यक विवरण उल्लेख भएको र उपभोग्य मिति समाप्त नभएको अनुगमनका क्रममा देखिएको छ ।

विभागले दुवै स्थानमा राहत खाद्य पदार्थ वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशन दिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अनुगमन तथा निर्देशन गरिएको विभागले जनाएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै