केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले गरेको परीक्षणमा गोलभेडा, घिउसिमी, भिण्डी, कन्ये च्याउ, बोडी, बन्दागोभी र भट्टालगायतका नमुना परीक्षण गरिएको हो । परीक्षण गरिएका सबै नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्रा तोकिएको मापदण्डभित्र रहेको प्रयोगशालाले जनाएको छ ।
प्रयोगशालाको परीक्षण प्रतिवेदनअनुसार सबै १० नमुना ‘उपभोग योग्य’ ठहरिएका छन् । नमुना विभिन्न स्थान तथा किसान/व्यापारीबाट संकलन गरी परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रयोगशालाले नमुना नम्बर १, २ र ३ मा कार्बामेट तथा अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिएको र अन्य विषादी वा रसायनको हकमा उक्त नतिजा लागू नहुने स्पष्ट पारेको छ ।






प्रतिक्रिया थप्नुहोस्