विषादी परीक्षणमा कालिमाटीका ११ नमुना उपभोगयोग्य

काठमाडौं, २४ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका विभिन्न तरकारीका ११ वटा नमुना विषादी अवशेष परीक्षणमा उपभोगयोग्य रहेको पाइएको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालिमाटीले भदौ २४ गते गरेको परीक्षणमा तितेकरेला, भिण्डी, खुर्सानी, गाजर, बन्दागोभी, काँक्रो, काउली, परवल, काँक्रो, घिरौँला र डल्ले खुर्सानीका नमुना परीक्षण गरिएको हो ।

प्रयोगशालाका अनुसार धुनीबेँसी नगरपालिका धादिङबाट संकलित तितेकरेला, चितवनबाट संकलित भिण्डी, बनेपा नगरपालिका काभ्रेपलाञ्चोकबाट संकलित खुर्सानी, इन्द्रसरोवर गाउँपालिका मकवानपुरबाट संकलित गाजर र डल्ले खुर्सानी, थाहा नगरपालिका मकवानपुरबाट संकलित बन्दागोभी र काँक्रो, दक्षिणकाली नगरपालिका काठमाडौँबाट संकलित काउली, लालबन्दी नगरपालिका सर्लाहीबाट संकलित परवल, महाङ्काल गाउँपालिका ललितपुरबाट संकलित काँक्रो तथा कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँबाट संकलित घिरौँलामा विषादीको रोकावट प्रतिशत तोकिएको सीमाभित्र रहेको छ ।

परीक्षण गरिएका सबै ११ नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष परीक्षण गरिएको थियो । प्रयोगशालाले सबै नमुनालाई ‘उपभोग योग्य’ भनेर कैफियत उल्लेख गरेको छ ।

प्रयोगशालाको मापदण्डअनुसार विषादीको रोकावट प्रतिशत ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पर्खनुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने व्यवस्था छ ।

यद्यपि, उक्त परीक्षण कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशकको मात्र भएकाले अन्य विषादी तथा रसायनको हकमा सो नतिजा लागू नहुने प्रयोगशालाले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै