भोटेकोशी बाढीपीडितका लागि राखिएको राहत खाद्य सामग्रीमा लेबल नभएको चामल भेटियो

काठमाडौं, २४ भदौ । भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराउन तयारी अवस्थामा राखिएको राहत खाद्य सामग्रीको अनुगमनका क्रममा लेबल नभएको चामल फेला परेको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर विभागले भदौ २३ गते काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा गरेको अनुगमनका क्रममा राहतका लागि पठाउन तयारी अवस्थामा राखिएका विभिन्न खाद्य सामग्रीको निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा जिरा चामल, लोकल पोखरेली चामल, चिउरा, चाउचाउ, भुजा, बिस्कुट, आँपको पेय पदार्थ, उसिनेको चामल, मसिनो चामल, आयोडिनयुक्त नुनलगायतका खाद्य सामग्री भेटिएका थिए ।

तीमध्ये अधिकांश खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति पनि कायम रहेको पाइएको थियो । तर उसिनेको चामल र मसिनो चामल भने खुला अवस्थामा तथा लेबलविहीन रूपमा राहतका लागि राखिएको पाइएको विभागले जनाएको छ ।

अन्य खाद्य सामग्रीको अवस्था भने सन्तोषजनक रहेको अनुगमनबाट देखिएको छ । विभागले राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशन दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै