तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो औसत १०३ रुपैयाँ र तराई गाजर ७५ रुपैयाँ रहेको छ । स्थानीय काउलीको औसत मूल्य ९५ रुपैयाँ, मकै बोडी ११० रुपैयाँ, घिउ सिमी ९५ रुपैयाँ, बोडी ७५ रुपैयाँ तथा पालुंगो साग १७५ रुपैयाँ रहेको छ ।
यस्तै, स्थानीय बन्दाकोपी र रातो मूलाको औसत मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ । लाम्चो भन्टा १७ रुपैयाँ ५० पैसा, डल्लो भन्टा ३५ रुपैयाँ, चिचिण्डो १८ रुपैयाँ ७५ पैसा, घिरौला ३५ रुपैयाँ र स्कुस १८ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ ।
च्याउतर्फ कन्य च्याउको औसत मूल्य प्रतिकिलो २०३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ ४७५ रुपैयाँ, राजा च्याउ ३११ रुपैयाँ ६७ पैसा र सिताके च्याउ ९०० रुपैयाँ रहेको छ । ब्रोकाउलीको औसत मूल्य १६५ रुपैयाँ र कुरीलो ४५० रुपैयाँ रहेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो औसत ३७५ रुपैयाँ, जुम्लाको स्याउ ३८२ रुपैयाँ ५० पैसा र मुस्ताङको स्याउ १५० रुपैयाँ रहेको छ । नेपाली केराको मूल्य दर्जनमा औसत १७५ रुपैयाँ र मालभोग केरा १२५ रुपैयाँ रहेको छ ।
कागती प्रतिकिलो औसत ३७५ रुपैयाँ, अनार २७५ रुपैयाँ, किवि ३७५ रुपैयाँ, ड्रागन फ्रुट ४५० रुपैयाँ, अम्बा १७५ रुपैयाँ र आभोकाडो २७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली मेवाको औसत मूल्य ७५ रुपैयाँ र भारतीय मेवा ११० रुपैयाँ रहेको छ ।
यस्तै, हरियो काक्रोको औसत मूल्य ५० रुपैयाँ, हाइब्रिड काक्रो ३१ रुपैयाँ २५ पैसा र लोकलक्रस काक्रो ५१ रुपैयाँ ६७ पैसा रहेको छ । तरबुजा प्रतिकिलो ५५ रुपैयाँ, मौसम १२५ रुपैयाँ, जुनार १८२ रुपैयाँ ५० पैसा र लप्सी ५५ रुपैयाँमा कारोबार भएको छ ।
मसलाजन्य वस्तुतर्फ अदुवाको औसत मूल्य प्रतिकिलो २११ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ५२५ रुपैयाँ, हरियो अकबरे खुर्सानी १९१ रुपैयाँ ६७ पैसा, हरियो लसुन १९५ रुपैयाँ र सुकेको नेपाली लसुन २१५ रुपैयाँ रहेको छ ।






प्रतिक्रिया थप्नुहोस्