केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले भदौ ११ गते गरेको परीक्षणमा घिरौला, काक्रो, फर्सी हरियो, बन्दागोभी, काउली, गोलभेडा, खुर्सानी र चिचिण्डोलगायतका नमुनामा विषादी अवशेष परीक्षण गरेको हो ।
प्रयोगशालाको प्रतिवेदनअनुसार पञ्चखाल नगरपालिका काभ्रेपलाञ्चोकबाट संकलित घिरौला, कोन्ज्योसोम गाउँपालिका ललितपुरको काक्रो, पनौती नगरपालिका काभ्रेको हरियो फर्सी तथा दोलखाबाट संकलित बन्दागोभी उपभोगयोग्य पाइएको छ ।
त्यस्तै, काभ्रेपलाञ्चोकको अर्को काक्रो, थाहा नगरपालिका मकवानपुरको काउली र घिरौला, काठमाडौं नागार्जुनको गोलभेडा, थाहा नगरपालिका मकवानपुरको खुर्सानी तथा भरतपुर महानगरपालिका चितवनको चिचिण्डोको नमुना पनि उपभोगयोग्य रहेको प्रयोगशालाले जनाएको छ ।
प्रतिवेदनमा विषादी अवशेषको रोकावट प्रतिशत ३५ भन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर पर्खनुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । परीक्षण गरिएका सबै नमुना उपभोगयोग्य श्रेणीमा परेका छन् ।
प्रयोगशालाले परीक्षण गरिएका नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको मात्र परीक्षण गरिएको जनाएको छ । अन्य विषादी तथा रसायनको हकमा उक्त परीक्षण नतिजा लागू नहुने प्रतिवेदनमा स्पष्ट पारिएको छ ।


.2026-08-26-11-08-59.jpeg)
.2026-08-26-09-08-04.jpeg)







प्रतिक्रिया थप्नुहोस्