काउली लगाउने बेला भयो , बेर्ना र जमिन तयारीमा जुटौँ

काठमाडौँ । काउली खेतीका लागि उपयुक्त समय नजिकिँदै गएसँगै किसानले बीउ, बेर्ना तथा खेतबारीको तयारी थाल्नुपर्ने भएको छ । काउलीको जातअनुसार बाली तयार हुने समय फरक हुने भएकाले किसानले आफ्नो क्षेत्रको हावापानीअनुसार जात छनोट गर्नुपर्ने कृषि प्राविधिकको सुझाव छ ।

मुख्य जातहरुः
अगौटे जातहरु (बाली तयार हुन ६०–७५ दिन): सिल्भरकप ६०, एन एस ६०, हिमलता, स्नोकिङ्ग, स्नोक्विन, रेमी, मिल्कवे, आदि ।
मध्य–मौसमी जातहरु (बाली तयार हुन ७५–१०० दिन): काठमाडौं स्थानिय, ज्यापु काउली, स्नो क्राउन, एन एस ९०, एन एस ८४, ह्वाइट टप, ह्वाइट फ्लस आदि ।
पछौटे जातहरु (बाली तयार हुन १००–१५० दिन): डोल्पा स्नोबल–१६, किबोजायन्ट, स्नोमिष्टिक, स्नोडुम, माधुरी आदि हुन् ।
बीउ दर र बेर्ना रोप्नेः १०–२० ग्राम बीउ वा १८००–२५०० स्वस्थ बेर्ना प्रति रोपनी आवश्यक पर्दछ । ३–४ पाते भएपछि पुनः अर्को नर्सरी तयार गरी बेर्नालाई १०÷१० से.मि.को फरकमा सारेर १५–२० दिन सम्म राम्ररी हेरचाह गरी बेर्ना ठूला र द¥हा अर्थात् ५–६ पाते भएपछि बेर्ना खेतबारीमा रोप्नु पर्दछ । अगौटे जातका काउलीको बेर्नालाई दोश्रो नर्सरीमा नहुर्काई सोभै मुख्य खेतबारीमा रोप्नु पर्दछ । बेर्ना सार्दा बेलुकीपख सार्नुपर्दछ र सार्दा नर्सरी ब्याडमा बेर्नाको जति भाग माटोले छोपिएको हुन्छ त्यति भाग मात्र माटोले पुरेर बेर्नाको वरिपरी हल्का थिच्नु पर्दछ । 
काउलीमा देखिएका विकृतिहरु र तिनको व्यवस्थापनः
ब्राउनिङ्गः

व्यवस्थापनः जग्गा तयार गर्दैमा ५००–७०० ग्राम बोरेक्स प्रति रोपनीका दरले माटोमा मिलाउने । ५० ग्राम बोरेक्स २५ लिटर पानीमा मिश्रण तयार गरी काउली सारेको ३० दिनमा र कोपी निस्कनु भन्दा १५ दिन अगाडी छर्कने ।
ह्विपटेलः
व्यवस्थापनः यो समस्या हटाउन माटोमा चून प्रयोग गरी माटोको पि.एच. ५.५–६.५ मा ल्याउने । जग्गा तयार गर्दैमा ५० ग्राम एमोनियमवा सोडियम मोलिब्डेट प्रति रोपनीका दरले रासायनिक मल साथै माटोमा मिलाउने । २० ग्राम सोडियम मोलिब्डेट २५ लिटर पानीमा मिश्रण तयार गरी काउली सारेको ३० दिनमा छर्कने ।
बाली कटाईः काउली कसिलो र राम्रो आकारको देखिएपछि कोपी कसिलो छदैमा कटाई गर्नु पर्दछ । काउलीलाई ढाकेको सबैभन्दा भित्र पट्टीका पातहरू हटाउनु हुँदैन र त्यसभन्दा तल एक तह पातहरू पनि हटाउनु हुँदैन, तिनको टुप्पामात्र काट्ने र बाँकी सबै तहका पातहरू हटाउनु पर्दछ । सम्भव भएसम्म काउली साँझतिर मात्र काट्नु पर्दछ र काटेपछि छहारीमा राख्नु पर्दछ ।

उत्पादनः सरदर उत्पादन प्रति रोपनी १५००–२५०० के.जी. सम्म हुन्छ । 

रोग                                                   

नोक्सानीको लक्षण : गाँठे रोग जरामा गाँठा देखिन्छ, बोट ओइलाउँदछ ।

व्यवस्थापन:  ब्याडको लागि जमिन छान्दा रोग नदेखिएको छान्नु पर्दछ । उक्त जग्गामा झ्यासझुस जम्मा गरी राम्ररी पोल्ने । प्रति वर्ग मिटर क्षेत्रमा १ के.जी. कृषि चून र १ के.जी. तोरीको पिनाको धुलो राम्ररी मिसाउने ।

स्रोत : जलवायु प्रकोप समुत्थान निर्माण आयोजना

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै