फूलगोभी, बन्दाकोपी र ब्रोकाउलीमा रोगको जोखिम, अपनाऔँ यी उपाय

 फूलकोवी समूह बालीका रोगहरू (फूलकोवी, बन्दाकोपी, ब्रोकाउली,  मुला, रायो, सलगम, ग्याँठकोबी आदि 

१.अल्टरनेरिया थोप्ले (Altenaria Leaf Spot)

लक्षण
खैरो वा कालो स–साना गोलाकार थोप्लाहरू पहिले पातमा देखा पर्दछन् । ती थोप्लामा पछि चक्का विकास हुन्छ । त्यस्ता थोप्लाहरू डाँठ र कोसामा समेत देखा पर्छन् ।  
व्यवस्थापन विधि
-रोगी पात र अन्य झारपात बटुलेर जलाउने ।
-स्वस्थ बीउ प्रयोग गर्ने ।
-Mancozeb 75 %WP (डाईथेन एम–४५,  Anu M-45)  ढूसीनाशक बिषादी ३ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गर्ने । Mancozeb 75 %WP  (डाईथेन एम–४५,  Anu M-45) वा Copper oxychloride 50%WP  (Blitox,  Curex) ढूसीनाशक विषादी २–३ ग्राम प्रति लिटर छर्ने

२.डाँठ कुहिने रोग (Sclerotinla Rot) 

लक्षण
माटोको सतहनिरको काउलीको डाँठ कुहिन्छ र सेतो ढूसी उम्रेको देखिन्छ वा पूmल फुलेको बेलामा बोट ओइलाउँछ । बोटको डुकुको रङ्ग सेतो फुस्रो हुनुका साथै डाँठभित्र काला गिर्खाहरू देिखन्छन् ।
व्यवस्थापन विधि

-रोग मुक्त क्षेत्रको बीउ प्रयोग गर्ने ।  
-रोगी बोटहरूको डाँठ बटुलेर जलाउने ।  
-तीनहप्तादेखि एक महिनासम्म रोग ग्रस्त खेतमा बाली लगाउनु अगाडि पानी जमाउने ।  
-धानसँग घुम्ती बाली लगाउने ।
-जमिन तयार गर्दा गहिरो खनजोत गर्ने ।

३. नसा कालो भई कुहिन  (Black rot) 

लक्षण
पातको छेउबाट लक्षण शुरु भई अंग्रेजी भी (ख) आकारको पहेंलो लक्षण देखा पर्दछ र पछि नसाहरू कालो भै डाँठसम्म पुगी वोट कुहिन्छ ।  
व्यवस्थापन विधि
-रोग नलागेको क्षेत्रको स्वस्थ बीउ मात्र प्रयोग गर्ने ।  
-रोगी बोट बिरुवा हटाई नष्ट गर्ने ।
-क्रुसिफेरी परिवार बाहेक अन्य बालीसँग घुम्ती बाली लगाउने ।  

४.डाउनी मिल्ड्यु (Downy mildew) 

लक्षण
पातमा स–साना प्याजी रङ्गका थोप्लाहरू देखिई तल्लो सतहमा सेतो ढूसी उम्रेको देखिन्छ रोग ज्यादा व्याडमा लाग्ने भएतापनि अनुकूल वातावरणमा काउली समेत कालो भई सुक्दछ । त्यस्तो फुलको डाँठहरू समेत कालो  हुन्छ ।
व्यवस्थापन विधि
-बीउलाई कार्बेन्डाजिम 50%WP(डेरोसाल)ले उपचार गरेर मात्र व्याड राख्ने  
-व्याड राख्दा धेरै बाक्लो नराख्ने ।
-रोगी पातहरू र झारहरू बटुलेर नास गर्ने ।
-धेरै रोग लागेको खेतमा घुम्ती बाली लगाउने ।
-Mancozeb 75 %WP ( डाईथेन एम–४५, Anu M-45) Copper oxychloride 50%WP  (Blitox, Curex) ढसीनाशक बिषादी २–३ ग्राम प्रति लिटर छर्ने

५. टर्निप मोज्याक भाइरस ( Turnip mosaic)

लक्षण
पातमा गाढा हरियो र हल्का हरियो रङ्गको छिरविरे लक्षण देखा परि गाढा हरियो भागहरू माथि उठको देखिन्छन् ।  
व्यवस्थापन विधि
-रोगी बोट देखा पर्नासाथ उखेली जलाउने ।
-रोग सार्ने लाही कीरा नष्ट गर्ने ।
-रातो जातको रायोमा यो रोग कम लाग्दछ ।

६. क्लब रुट  (गदा जस्तो जरा हुने) (Club Root)  

लक्षण
-विरुवाको वृद्धि रोकिन्छ, पहेंलिन्छ, बढ्न सक्दैन ।
-यस्ता विरुवा उखेलेर हेरेमा जरा गदा जस्तो डल्लो परेको आकार देखिन्छ । जरा बाक्लो, मोटो र ठूलो हुनाले जराको तलको भाग अत्यधिक ठूलो हुन जान्छ । तर फेद जरा (जमिन माथिको भाग) सामान्य हुने हुनाले जरा गदा जस्तो देखिन्छ । यसरी वृद्धि भएका जराहरू कुहिएर काला भएर  जान्छन् ।
-व्यवस्थापन विधि
-घुम्ती बाली लगाउने (३–४ वर्षमा मात्रै फूल कोवी वर्गका तरकारी लगाउने )
-रोगी बोट जलाई दिने वा गाडी दिने ।
-बेनोमाइल 50% WP (Benofit)  विषादी ०.५ एम.एल. को दरले प्रति लिटर पानीमा मिसाई माटो भिज्ने गरी छर्ने ।
-यो रोग कम पि.एच. भएको (अम्लिय) माटोमा धेरै छिटो फैलने भएकोले चून प्रयोग गरी माटोको पि.एच.७.२ भन्दा बढी बनाउने
-जीवाणु रहित नर्सरीमा बेर्ना हुर्काउने ।
-रोग लागेको ठाउँको बेर्ना अन्य ठाउँमा लैजाने रोक लगाउने ।
-Flusulphmide 0.3 %WP (नेिभजिन)१०–१५ केजी/रोपनी वा ३ ग्राम प्रति वोट । नर्सरी व्याडमा ३ केजी प्रति १० घन मीटर प्रति रोपनीमा प्रायोग गर्ने।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै