कालीमाटीमा आजको तरकारी तथा फलफुलको मूल्य यस प्रकार

काठमाडौँ, २८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी तथा फलफूलको मूल्य कायम भएको छ । बजारमा भारतीय रातो आलु प्रतिकेजी औसत ४६ रुपैयाँ ५० पैसा, सेतो आलु ३७ रुपैयाँ ५० पैसा र भारतीय सुकेको प्याज ९२ रुपैयाँ ५० पैसा रहेको छ ।

स्थानीय गाजर प्रतिकेजी औसत ११० रुपैयाँ तथा तराई गाजर ८५ रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय काउलीको औसत मूल्य ९९ रुपैयाँ, बन्दा ३६ रुपैयाँ ६७ पैसा र रातो मूला २५ रुपैयाँ रहेको छ । लाम्चो भन्टा २८ रुपैयाँ ७५ पैसा तथा डल्लो भन्टा ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हरियो तरकारीतर्फ तने बोडी प्रतिकेजी औसत ६८ रुपैयाँ ३३ पैसा, मकै बोडी १०१ रुपैयाँ ६७ पैसा, स्थानीय तथा हाइब्रीड घिउ सिमी ९५ रुपैयाँ र टाटे सिमी ८५ रुपैयाँ रहेको छ । भटमासकोशाको औसत मूल्य १०० रुपैयाँ तथा अकबरे खुर्सानी १७५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

सागसब्जीतर्फ रायो र तोरीको साग प्रतिकेजी १२५ रुपैयाँ तथा पालुङ्गो साग १७५ रुपैयाँ रहेको छ । हरियो प्याज १७५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ५७५ रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी औसत ३७५ रुपैयाँ, जुम्लाको स्याउ ३२६ रुपैयाँ ६७ पैसा र मुस्ताङको स्याउ १४५ रुपैयाँ रहेको छ । नेपाली केराको औसत मूल्य प्रतिदर्जन १७५ रुपैयाँ तथा मालभोग केरा १२५ रुपैयाँ रहेको छ । कागती प्रतिकेजी ३७५ रुपैयाँ र अनार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी किवी प्रतिकेजी ३७५ रुपैयाँ, नेपाली ड्रागन फ्रुट ४५० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ र अमला १७५ रुपैयाँ रहेको छ । अदुवाको औसत मूल्य २११ रुपैयाँ ६७ पैसा तथा सुकेको खुर्सानी ५२१ रुपैयाँ ६७ पैसा प्रतिकेजी रहेको छ ।

कालीमाटी बजारमा ताजा माछातर्फ रहु प्रतिकेजी औसत ३५५ रुपैयाँ, बचुवा ३२० रुपैयाँ र छडी ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै