टोखा नगरपालिका-६ स्थित मणि खानेपानी सेवामा सरसफाइको अवस्था सन्तोषजनक नरहेको, उद्योगका टायल टुटफुट भएको तथा पानीका जार पनि टुटफुट र कुच्चिएको अवस्थामा भेटिएका थिए । उद्योगमा कर्मचारीको व्यक्तिगत सरसफाइ भने सन्तोषजनक रहेको पाइएको थियो ।
अनुगमनका क्रममा टुटफुट तथा कुच्चिएका १२ वटा जार नष्ट गरिएको छ । उद्योगलाई नियमित सरसफाइ गर्न निर्देशन दिँदै पानीको थप प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएको विभागले जनाएको छ । त्यस्तै, टुटेको टायललगायतका कैफियत सुधार गरी चार दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यसैगरी, जोरपाटी-४ स्थित गोर्खा बेभेरेज प्रालिको अनुगमनका क्रममा सरसफाइ र व्यक्तिगत स्वच्छताको अवस्था सामान्य तथा सन्तोषजनक रहेको पाइएको थियो । तर, कीट नियन्त्रणको व्यवस्था नरहेको, टुटफुट तथा कुच्चिएका जार प्रयोग भइरहेको र प्रशोधित पानी भर्ने स्थान खुला रहेको भेटिएको विभागले जनाएको छ ।
उद्योगबाट टुटफुट तथा कुच्चिएका ५२ वटा जार नष्ट गरिएको छ । साथै, नियमित सरसफाइ गर्न तथा प्रशोधित पानी भर्ने स्थानलाई व्यवस्थित बनाउन निर्देशन दिइएको विभागले जनाएको छ ।


2026-08-11-12-08-56.jpeg)













प्रतिक्रिया थप्नुहोस्