झापामा मलको मौज्दात पर्याप्त, किसानलाई अभाव नहुने

भद्रपुर, झापा, २९ साउन । कृषि सामग्री कम्पनी लिमिटेडले झापामा रासायनिक मलको आपूर्ति निरन्तर गरिरहेकाले किसानले मलको अभाव झेल्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

कम्पनीको झापा कार्यालयका अनुसार हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया, २६ हजार २६७ बोरा डिएपी र ३७ दशमलव ०५० मेट्रिक टन (७४१ बोरा) पोटास वितरण गरिएको छ ।

कार्यालय प्रमुख दीपककुमार राजवंशीका अनुसार धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ । कार्यालयमा हाल १३० मेट्रिक टन युरिया र ५४ मेट्रिक टन डिएपी मौज्दात रहेको छ ।

धान रोपाइँपछि बालीको वृद्धि तथा उत्पादनका लागि विशेषगरी युरियालगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरणमा आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको राजवंशीले जानकारी दिए । गत वर्षको यही अवधिमा भएको मल खपतलाई आधार बनाएर यस वर्षको आवश्यकता मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिने उनले बताए । “थप मल आउने भएकाले किसानले मलको अभाव व्यहोर्नुपर्ने अवस्था आउँदैन,” राजवंशीले भने ।

कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयले झापासँगै पहाडी जिल्लामा समेत रासायनिक मल आपूर्ति गर्दै आएको छ । कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एक स्थानीय तहमा समेत मल वितरण हुँदै आएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै