६५ दिनमै तयार हुने ‘खुमल ज्यापू’ काउली खेती कसरी गर्ने ?

काठमाडौं । काउलीको उत्पत्ति भूमध्य सागर वरिपरी क्रमैसंग संसारभरी फैलिएको मानिएको छ । यसको वैज्ञानिक नाम Brassica oleraceae var botrytis हो र क्रोमोजोम संख्या १८ (2n 18) हुन्छ । काउलीमा भिटामिन ए र सी अनि प्रशस्त खनिज तत्वहरु अचार बनाएर सुकाएर पकौड़ा तथा अन्य तरीकाले काउलीलाई सेवन गर्न सकिन्छ । काउलीको मुख्य खाने भाग फूल भएतापनि पातलाई गुन्द्रुक बनाएर पनि खान सकिन्छ ।

क्रुसिफेरी वंशको यो तरकारीको खाने फूल (कोपी) वास्तवमा फल नभई एक किसिमको फूल आउनलाई तयार भएको कोपिलाको शिर्षस्थ भाग हो । काउलीको खाने फूल, पात र बोटको रूप, आकार प्रकार जात अनुसार फरक हुन्छ । काउली तापक्रम र प्रकाश अवधि प्रति निकै संवेदनशिल बाली हो । जलवायुको उचित परिस्थिति अनुसार नै विभिन्न जातहरुको विकास र छनौट गरेर लगाउनु पर्ने हुन्छ । तरकारी विकास निर्देशनालयको २०६९/०७० को आकडा अनुसार नेपालमा काउली खेतीको क्षेत्रफल ३२,६३० हेक्टर र उत्पादन ४,९१,८३४ मेट्रिक टन भएको छ । 

धनकुटा र कपुरकोट सल्यान क्षेत्रबाट हाल काउली भारतमा समेत निकासी भैरहेको छ । नेपालमा राम्रो बजार मूल्य पाउनको लागि श्रावणदेखि मंसिरसम्म उत्पादन लिन सक्नुपर्ने हुन्छ । नेपाल भित्र र छिमेकी देशमा समेत नेपाली काउलीको माग बढ्दै गइरहेको अवस्थालाई ध्यान राख्दै कात्तिक महिनामा तयार गर्न सक्ने नेपाली स्वादको काउलीको नयाँ जात विकास गर्नको लागि बागवानी अनुसन्धान महाशाखा खुमलटारले निरन्तर प्रयत्न गरीरहेको थियो । यसै सन्दर्भमा काठमाडौ स्थानीय जातको काउलीबाट निरन्तर छनौट गरी ६५-८० दिनमा तयार हुने जिनोटाइपको विकास गरिएको छ ।

प्रजनन तरिका

मास गेलेक्सनः यो तरीका अन्तर्गत पहिलो वर्षमा काठमाडौ स्थानीय काउलीको बीउ लगाएर सबभन्दा छिटो तयार हुने बोटहरु छनौट गरीयो र जुन बोटलाई जालीघरमा लगाएर बीउ उत्पादन गरियो । जानीघरमा लगाएको काउलीबाट १०% बोटहरू छानेर त्यसबाट अघिल्लो वर्षमा जस्तै प्रजनन् बीउ उत्पादन गरियो ।

यसरी ५ वर्षसम्म घनात्मक छनोट गरी HRDCAU 005 जिनोटाइपको विकास गरिएको थियो । यसरी तयार गरिएको छोटो समयमा तयार हुने जिनोटाइपलाई एकैचोटी मल्टिलोकेसन परिक्षण गरीयो । त्यसैगरी काभ्रे, दैलेख र पाखिवासमा किसानको खेतबारीमा समेत परिक्षण गरी काउलीको नयाँ जिनोटाइपको विकास गरिएको छ । जसको प्रस्तावित नाम खुमल ज्यापू राखीएको छ ।

जातीय गुण

खुल्ला सेचन हुने जात

पात -सोझैं माथितीर उठेको नकाटिएको

काउलीको रंग - क्रिमी सेतो

बोटको उचाई - ६५-७५ से. मी. सरदर १ के जी. सम्म तौल भएको

नेपालको मध्य पहाडी क्षेत्रको लागि उपयुक्त

बीउ रोप्ने समय - मध्य पहाडमा श्रावण

बेर्ना सार्ने - भदौ पहिलो हप्ता

बीउ / बेर्ना १०-१५ ग्राम (१५००-२०००) बेर्ना प्रति रोपनी (५०० वर्ग.मी.)

रोप्ने दूरी - ६० x ४५ से.मी

मलखाद (प्रति रोपनी)

- गोबरमल १५०० के. जी.

यरिया ३० के. जी.

- डिएपी ३० के.जी.

- म्यूरेट अफ पोटाश १५ के. जी.

इयाङ्ग बनाएपछि प्वाकल बनाउनु पर्दछ । प्रति प्वाकल गोवरमल १ के. जी. डि.ए.पी. २० ग्राम, पोटास १० ग्रामका दरले खाडलमा माटोसंग मिलाउनु पर्दछ । विरुवा सारेको १५-१८ दिन भित्र चार उमल विरुवाको वरिपरी औंठी आकारको कुलेसो खनी प्रति बोट १० ग्रामको दरले युरिया हानी माटोले पुरिदिनुपर्छ । विरुवा सारेको ३५-४० दिन भए पछि पुनः फेरि एक पटक युरिया १० ग्राम प्रति बोटको दरले दोहयाउनु पर्दछ ।

रोग कीरा व्यवस्थापन

रासायनीक विषादीले मानिसको स्वास्थ्य र वातावरणमा धेरै नराम्रा विकृतिहरु ल्याई रहेको अहिलेको परिप्रेक्षमा रोग र कीरा व्यवस्थापनका सामान्य २ घरेलु तरिकालाई हुन्छ । रासायनीक विषादीको प्रयोगलाई अन्तिम विकल्पको रुपमा लिनुपर्दछ ।

सामान्य तरिकाहरू

- स्वस्थ बीउ प्रयोग गर्ने ।

- बाली अवधिभर भारपा आउन नदिने खेती सफा राख्ने ।

- रोग संक्रमित पात। डाँठ जरा सबैं बारीबाट हटाउने ।

- गर्मी याममा गहिरो खनजोत गर्ने ।

- सन्तुलित मात्रामा मलखाद प्रयोग गर्ने ।

- जमीनमा पानी निकासको राम्रो व्यवस्था मिलाउने ।

घरेलू रसादीद्वारा

- तीतेपाती / बकाईनु / निम / असुरोको २०० ग्राम आलो पातलाई राम्ररी दगल्चाएर १ लि पानीमा ढड्याई निस्केको रस हप्ताको १ पटकको दरले ५ हप्तासम्म स्प्रे गर्नाले कीराको प्रकोप कम हुन्छ ।

- १०० ग्राम लसुनको पोटीको धुलोमा आधा लिटर पानी र २ चम्चा मट्टितेल मिसाई २४ घण्टासम्म राख्ने र त्यसपछि उक्त मिश्रणमा २ लिटर साबुन पानीको झोल मिसाई

तरकारी बालीमा बनाने रुपमा प्रभावकारी ने धेरैजसो कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

- नीमबाट तयार गरिएको रसादीहरु जस्तैः नीमको बीउको धुलोले सम्पर्क विषादीको रुपमा प्रभावकारी काम गर्दछ । अतः नीमको बीउको धुलो १२.५ ग्राम प्रतिलिटर पानीमा राखी १०-१५ घण्टासम्म ढड्याएर प्राप्त हुने रसद्वारा विरुवाको उपचार गर्दा धेरै कीराहरुबाट हुने क्षति कम गर्न सकिन्छ ।

- हाल बजारमा पाईने निमको तेल ५ मि.ली. र साबुनको झोल ५ मि.ली. प्रति लीटरमा पानीमा मिसाई हप्ता दिनको फरकमा छर्नाले धेरै जसो कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

रसायनीक तरिका

व्यवसायीक खेती गर्ने कृषकहरुले यदी माथिका उपायहरुद्वारा रोगकीरा नियन्त्रण गर्न नसकेमा रासायनीक तरिका अपनाउनुपर्ने हुन्छ।

१) लाही : रोगर २ एम एल प्रति लिटर पानीमा १५ दिनको फरकमा २ पटक छर्ने ।

२) बन्दाको पुतली : नुभान १ एम एल वा साइपरमेथ्रीन २ एम एल प्रति लिटर पानीमा घोली स्प्रे गर्ने ।

३) काउली काउनी मिल्ड्यु रोग : डाइथेन एम ४५ दुई ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा दुई पटक स्प्रे गर्ने ।

४) अल्टरनेरिया थोप्ले रोग : डाइथेन एम. ४५ दुई ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा दुई स्प्रे गर्नु पर्दछ ।

उत्पादन महिना

कार्तिक - मसिर

टिप्ने तरिका

- खमल ज्यापू काउली ८००-१२०० ग्राम भएपछि वा बेर्ना सारेको ६५-७५ दिनपछी टिप्न उपयुक्त हुन्छ ।

- सम्भव भएसम्म सांभीर काट्ने, छहारीमा राख्ने गर्नुपर्दछ ।

- टिपेको काउली घाममा कहिलै राख्नुहुदैन ।

गेडिङ्ग गर्ने तरीका

- फूलको कसिलोपन, साइज र रङ्गको आधारमा ग्रेडिङ गर्नुपर्दछ ।

- धेरै ठूलो मध्यम, सानो र अति सानो साइजमा ग्रेडिङ्ग गर्न सकिन्छ ।

- उज्यालो क्रिमी सेतो, अलि अलि पहेलो, खैरो धब्बा लागेको आधारमा पनि ग्रेडिङ गर्न सकिन्छ ।

प्याकिङ र भण्डारण

- छनौट भएका काउली हावा छिने बाँसको टोकरी वा प्लाष्टिकको क्रेटमा हुन्छ राखी प्याकिङ्ग गर्न उपयुक्त हुन्छ ।

- प्याकिङ्ग गर्दा फूलको भागमा चोट नलाग्ने गरी एक तह पातलो छोपेर मिलाएर राख्ने गर्नुपर्दछ ।

- बजार नपाएमा ०-२ डि.से. तापक्रम र ९५ प्रतिशत सापेक्षिक आद्रतामा भण्डारण गर्दा गर्दा ३ हप्तासम्म राख्न सकिन्छ ।

उत्पादन

- १५०० के जी प्रति रोपनी

आम्दानी

विक्रिदर रु. ३०/- प्रति किलो

कूल लागत रु २५२३५/- प्रति रोपनी

कूल आम्दानी रु ४५०००/- प्रति रोपनी किलो

खुद नाफा रु १९७६५/- प्रति रोपनी

 स्रोत:-  नेपाल कृषि अनुसन्धान परिषद

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै