संयुक्त बजार अनुगमनमा दुई होस्टेल र एक मःम सेन्टरमा कारबाही

काठमाडौं, २१ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासँगको संयुक्त बजार अनुगमन टोलीमार्फत साउन १९ गते आकस्मिक (र्‍यापिड रेस्पोन्स मोडालिटी) निरीक्षण गर्दा दुई होस्टेल र एक मःम सेन्टरमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कमजोरी भेटिएपछि आवश्यक निर्देशन तथा कारबाही गरेको छ ।

पुतलीसडकस्थित थकाली गर्ल होस्टेलको भान्सा साँघुरो र सरसफाइ सन्तोषजनक नरहेको, भान्सामा साङ्लाको प्रकोप देखिएको, एक्जस्ट (Exhaust) को व्यवस्था कमजोर रहेको, अनावश्यक सामग्री भण्डारण गरिएको तथा भुइँ र भित्ताको रंग उक्किएको अवस्थामा भेटिएको विभागले जनाएको छ । उजुरीमा उल्लेख भएअनुसार खानामा किरा वा मरेको साङ्ला भने फेला नपरेको विभागको भनाइ छ ।

अनुगमन टोलीले खाद्य स्वच्छता कायम राख्न, सरसफाइ र कीट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन दिएको छ । साथै हाल सञ्चालनमा रहेको भान्सा तत्काल बन्द गरी काठमाडौं महानगरपालिकाको निगरानीमा सुधार गर्न निर्देशन दिइएको छ। घटनाबारे थप अनुसन्धान महानगरपालिकाले अघि बढाउने जनाएको छ ।

त्यस्तै पुतलीसडककै मरिगोल्ड गर्ल होस्टेलमा सरसफाइ सन्तोषजनक रहेको र उजुरीमा उल्लेख गरिएअनुसार खानामा किरा वा भान्सामा कीट संक्रमण नभेटिएको विभागले जनाएको छ । यद्यपि खाद्य पदार्थ उचित तापक्रममा भण्डारण गर्न, कीट नियन्त्रण अझ प्रभावकारी बनाउन तथा फ्रिजमा राखिएका खाद्य पदार्थ तोकिएको समयभित्र प्रयोग गर्न निर्देशन दिइएको छ । यस विषयमा पनि थप अनुसन्धान काठमाडौं महानगरपालिकाले गर्नेछ ।

यसैगरी काठमाडौं-२२, न्युरोडस्थित शिखर मःम सेन्टरमा सरसफाइ सामान्य भए पनि प्रयोग गरिएको तार्ने तेलको TPM (टोटल पोलार मटेरियल) ३०.५ प्रतिशत भेटिएको, जुन स्वीकृत मापदण्डभन्दा बढी रहेको विभागले जनाएको छ । साथै उपभोग्य मिति सकिएका १३ थान २५० मिलिलिटरका 7UP, Mirinda र Dew लगायतका हल्का पेय पदार्थ पनि फेला परेका थिए ।

अनुगमन टोलीले म्याद गुज्रिएका पेय पदार्थ तथा मापदण्डविपरीत रहेको तेल नष्ट गरेको छ । साथै सरसफाइ, कीट नियन्त्रण र कृत्रिम खाद्य रंगको व्यवस्थित प्रयोग गर्न निर्देशन दिँदै यस विषयमा पनि थप अनुसन्धान काठमाडौं महानगरपालिकाले अघि बढाउने जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै