बाँझो जमिनमा अकबरे खेतीबाट मनग्य आम्दानी

वालिङ (स्याङ्जा), १ भदौ । स्याङ्जाको वालिङ नगरपालिका–१३ रियालेका मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आम्दानी गर्न थालेकाछन् । उनले वार्षिक ४५ हजार रुपैयाँमा १५ रोपनी जग्गा भाडामा लिएर अकबरे खुर्सानी खेती गरेका हुन् ।

सार्कीले उक्त जग्गामा करिब १५ हजार अकबरे खुर्सानीका बोट लगाएकाछन् । बाँदरले नखाने, बजारमा राम्रो मूल्य पाइने र खेती गर्न सहज भएकाले अकबरे खेती रोजेको उनले बताए ।

साउन मसान्तसम्म ८०० किलो अकबरे खुर्सानी प्रतिकिलो २०० रुपैयाँका दरले बिक्री गरिसकेको उनले जानकारी दिए । खुर्सानी बिक्रीबाट हालसम्म एक लाख ६० हजार रुपैयाँ आम्दानी भएको छ भने बारीमा अझै करिब एक हजार २०० किलो खुर्सानी टिप्न बाँकी रहेको उनले बताए ।

उत्पादित खुर्सानी बिक्रीका लागि हालसम्म बजारको समस्या नरहेको सार्कीको भनाइ छ । स्थानीय बजारसँगै पोखराका बजारमा समेत खुर्सानी बिक्री हुँदै आएको उनले बताए ।

चार वर्ष मलेसियामा वैदेशिक रोजगारी गरेपछि गाउँ फर्किएका सार्कीले आफ्नै ठाउँमा व्यवसाय गर्ने उद्देश्यले अकबरे खेती सुरु गरेका हुन् । बाँझो जमिनलाई उत्पादनशील बनाउन सके कृषि व्यवसायबाट गाउँमै राम्रो आम्दानी गर्न सकिने उनको अनुभवले देखाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै