कालीमाटीमा तरकारीको मूल्य : गाजर, काउलीदेखि सागसब्जी र च्याउसम्मको मूल्य यस्तो

काठमाडौं, ८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विभिन्न तरकारी, फलफूल तथा मसलाजन्य वस्तुको मूल्य फरक–फरक रहेको छ । बजारमा आलु प्रतिकेजी औसत ३६ रुपैयाँ ६७ पैसादेखि ५० रुपैयाँ ८३ पैसासम्म कारोबार भइरहेको छ ।

बजारमा स्थानीय गाजरको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ तथा तराईको गाजर ७५ रुपैयाँ रहेको छ । स्थानीय काउलीको औसत मूल्य १०० रुपैयाँ र स्थानीय बन्दाको ४० रुपैयाँ रहेको छ। रातो मूलाको औसत मूल्य २५ रुपैयाँ तथा सेतो मूलाको ३० रुपैयाँ रहेको छ ।

हरियो तरकारीतर्फ मकै बोडीको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ, घिउ सिमी ९२ रुपैयाँ ५० पैसा, भटमासकोशा १२० रुपैयाँ, करेला ४५ रुपैयाँ र लौका ५५ रुपैयाँ रहेको छ । भिण्डी ४५ रुपैयाँ तथा पिंडालू ७५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ ।

सागसब्जीतर्फ पालुङ्गो सागको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, रायो साग १०० रुपैयाँ र तोरीको साग ९० रुपैयाँ रहेको छ । हरियो प्याजको औसत मूल्य १६६ रुपैयाँ ६७ पैसा रहेको छ ।

च्याउमध्ये कन्य च्याउको औसत मूल्य प्रतिकेजी २८० रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, राजा च्याउ ३१३ रुपैयाँ ३३ पैसा र सिताके च्याउ ९०० रुपैयाँ रहेको छ । पार्सले प्रतिकेजी १ हजार ७०० रुपैयाँ तथा पुदिना ६५० रुपैयाँ रहेको छ ।

फलफूलतर्फ फुजी स्याउको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ, नेपाली केराको प्रतिदर्जन २७५ रुपैयाँ, मालभोग केरा १९० रुपैयाँ, कागती २७२ रुपैयाँ ५० पैसा र अनार २७५ रुपैयाँ रहेको छ । मालदह आँपको औसत मूल्य २६५ रुपैयाँ तथा चोसा आँप २४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

मसलाजन्य वस्तुतर्फ अदुवाको औसत मूल्य प्रतिकेजी २१५ रुपैयाँ, सुकेको खुर्सानी ५२५ रुपैयाँ, लाम्चो हरियो खुर्सानी ६५ रुपैयाँ र अकबरे खुर्सानी २६२ रुपैयाँ ५० पैसा रहेको छ । सुकेको चिनियाँ लसुन २१५ रुपैयाँ तथा नेपाली लसुन १९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

बजारमा ताजा माछामध्ये रहुको औसत मूल्य प्रतिकेजी ३५५ रुपैयाँ, बचुवा ३२० रुपैयाँ र छडी माछा ३३५ रुपैयाँ रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै