कालीमाटी बजारका १० तरकारीमा विषादी परीक्षण, सबै उपभोगयोग्य

काठमाडौं, ८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका १० वटा तरकारीको विषादी अवशेष परीक्षणमा सबै नमुना उपभोगयोग्य पाइएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ, कालीमाटीले गरेको परीक्षणमा बोडी, भाँटा, हरियो फर्सी, बन्दाकोपी, भेडे खुर्सानी, माछे खुर्सानी, घिरौंला, भिन्डी, गोलभेडा र परवलमा कार्बामेट तथा अर्गानोफस्फेट समूहका विषादीको अवशेष परीक्षण गरिएको हो ।

प्रयोगशालाको विवरणअनुसार सबै नमुनामा रोकावट प्रतिशत तोकिएको सीमाभन्दा कम रहेकाले ‘उपभोग योग्य’ श्रेणीमा राखिएको छ । परीक्षण गरिएका तरकारी विभिन्न स्थानबाट कालीमाटी बजारमा ल्याइएका थिए ।

निर्देशनअनुसार रोकावट प्रतिशत १५ प्रतिशतभन्दा कम भए नमुना उपभोगयोग्य, १५ देखि ४५ प्रतिशतसम्म भए केही दिन पर्खनुपर्ने (क्वारेन्टाइन) र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने व्यवस्था छ । प्रयोगशालाले परीक्षण गरिएका यी नमुनामा उक्त सीमाभन्दा बढी विषादी अवशेष नदेखिएको जनाएको छ ।

प्रयोगशालाले भने कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी मात्र परीक्षण गरिएको भएकाले अन्य विषादी तथा रसायनका हकमा यो नतिजा लागू नहुने स्पष्ट पारेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै