मिथ प्लसको नक्कली उत्पादन बिक्रीको उजुरीपछि बनस्थलीस्थित फार्मेसीमा संयुक्त अनुगमन

काठमाडौं । मिथ प्लस (Mith Plus) ब्रान्डको आहारपूरक खाद्य पदार्थको नक्कली उत्पादन बिक्री भइरहेको भन्ने उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बनस्थलीस्थित मेडी फार्मेसीमा अनुगमन गरेको छ ।

विभागका अनुसार मिति २०८३ साउन १२ गते गरिएको निरीक्षणका क्रममा उजुरीमा उल्लेख गरिएको मिथ प्लस ब्रान्डको हुबहु नक्कली आहारपूरक खाद्य पदार्थ भने फेला परेन ।

अनुगमनका क्रममा उक्त फार्मेसीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले समेत यस विषयमा अनुसन्धान अघि बढाइसकेको जानकारी व्यवसायीबाट प्राप्त भएको विभागले जनाएको छ ।

यद्यपि थप अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि मिथ प्लस ब्रान्डको आहारपूरक खाद्य पदार्थको नमुना संकलन गरिएको छ । साथै व्यवसायीलाई खरिद तथा बिक्रीसम्बन्धी बिलसहित तीन दिनभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै