वायु प्रदूषण बढेपछि सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह

काठमाडौँ, फागुन २७ गते । नेपाल प्रहरीले काठमाडौँसहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर बढ्दै गएको भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । काठमाडौँलगायतका सहरी क्षेत्रमा प्रदूषण बढेको भन्दै प्रहरीले सार्वजनिक सूचना जारी गरेको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन र सकेसम्म सवारीसाधन कम प्रयोग गर्न अनुरोध गरिएको छ । साथै वरिपरि फोहोर वा अन्य वस्तु जलाएर धुवाँ नबढाउन पनि आग्रह गरिएको छ ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिले बढी सावधानी अपनाउनुपर्ने प्रहरीले जनाएको छ । घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न र स्वास्थ्यमा समस्या देखिएमा नजिकैको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न पनि सुझाव दिइएको छ ।

मौसममा आएको परिवर्तनसँगै उपत्यकासहित सहरी क्षेत्रमा वायु प्रदूषण बढिरहेको छ । यस अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायले सबै नागरिकलाई अनुरोध गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै