काठमाडौँ, ९ चैत । काठमाडौँमा ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदैछ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष यो दिवस मनाउने परम्परा सुरु गरिएको हो ।
दिवसको अवसरमा मौसमसम्बन्धी जनचेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायहरूबारे विभिन्न कार्यक्रममार्फत छलफल गरिने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुजन सुवेदीका अनुसार, यस दिन मौसम सेवा र पूर्वानुमान प्रणालीको प्रभावकारिता बढाउने विषयमा विशेष कार्यक्रम तय गरिएको छ ।
हरेक वर्ष मार्च २३ मा मनाइने यो दिवसले मौसम तथा जलवायु सेवाको भूमिका र त्यसले मानव जीवन, कृषि, जलस्रोत तथा विपद् व्यवस्थापनमा पुर्याएको योगदानबारे विश्वभर सचेतना फैलाउने उद्देश्य राखेको छ ।










प्रतिक्रिया थप्नुहोस्