नास्पाती खेतीमा राम्रो आम्दानीको सम्भावना, सफल उत्पादनका लागि जान्नैपर्ने ३८ प्रश्न–उत्तर

१। नास्पाती कस्तो किसिमको हावापानीमा फस्टाउने फलफूल वाली हो ?                                                                                                                       -   यो एक समशितोष्ण पतझड फलफूल हो । यसका खेती चिसो आद्र कम भएको ठाउँहरुमा बढी फस्टाउछ गुणस्तरीय फल उत्पादन हुन्छ । 

२। यसले कस्तो तापक्रम रुचाउछ ?                                                                                                                                                                      - नास्पाती खेती २२–२६० से. तापक्रम भएको ठाउँमा सबभन्दा राम्रो हुन्छ तर यस भन्दा बढी वा घटि भएका स्थानहरुमा पनि उत्पादन भने हुन्छ । नास्पातीले तुसारो सहन गर्न सक्दैन । 

३। समुद्र सतहबाट कति उचाईसम्मको जमीनमा यसको खेती गर्न सकिन्छ ?                                                                                                                  - नास्पातीका थुपै्र जातहरु पाइन्छन् । कुनै जातहरु अलिक होचो स्थानमा रुचाउछन् भने कुनै अग्लो ठाउमा फस्टाउदछन् । फरपिङ्ग नास्पाती १०००–१७०० मीटरसम्म ब्यवसायिक खेती गर्न सकिन्छ भने जापानिज जातका नास्पाती १४०० मीटर माथि सफल हुन्छन् । 

४। यसको लागि कस्तो किसिमको माटो उपयुक्त हुन्छ ? 
-    नास्पाती खेती गर्न जस्तोसुकै माटो उपयुक्त हुन्छ तर प्राङ्गारिक पदार्थको प्रचुरता र पानीको विकास भने राम्रो हुनु पर्दछ । माटोको पि.एच. मान ५.५ देखि ६.० भएको राम्रो मानिन्छ । 

५। बढी चिसो रुचाउने जातहरु कुन–कुन हुन ?
-    नास्पातीका बढी चिसो रुचाउने जातहरुमा वार्टलेट, हार्टी र कन्फरेन्स भन्ने जातहरु छन् । 

६। मध्यम चिसोमा पनि लगाउन सकिने जातहरु कुन कुन होलात ?
-    कोसुई, होसुई, चोजुरो, निईताका, सिन्को, आतागो, किकुसुई आदि जापानीज जातहरु हुन । 

७। कम चिसो मन पराउने खालका जातहरु कुन–कुन होलान ?
-    मध्यम खालको चिसो मन पराउने एक मात्र फर्पिङ्ग स्थानीय जात हो । ठाउँ अनुसार अन्य स्थानीय जातहरु पनि पाईन्छन् । 

८।नास्पातीका बिरुवाहरु कसरी उत्पादन गरिन्छ ?
-    नास्पातीको बिरुवाहरु कलमी विधिबाटै तयार गरीन्छ । यसको लागि मयल वा भोटे मयलको बीउबाट बिरुवा उत्पादन गरी त्यसमा फाल्गुण महिनामा सायन जोडी बिरुवा तयार गरिन्छ । 

९। यसको बिरुवा लगाउन कुन तरीकाले रेखाङ्कन गर्न उपयुक्त होला ?
-    विशेषत नास्पाती खेती गरिने स्थानहरु भिरालो हुने हुँदा गराकान्ला।कन्टुर तरीकाले रेखाङ्कन गर्न उपयुक्त हुन्छ । अलिक समथर जमीनमा षडकोणाकार तरीकाले बिरुवा लगाउन सकिन्छ । 

१०। नास्पातीका बिरुवाहरु कति दुरी कायम गरी रोप्नु पर्ला ?
-    जापानजीज जातका बिरुवाहरु ४ह्४ मीटर दुरीमा लगाईन्छ भने स्थानीय फरपिङ्ग जातलाई भने कम्तीमा पनि ६ह्६ मीटरको दुरी कायम गर्नु पर्दछ । 

११। बिरुवा रोप्नको लागि कति गहिराईको खाडल खन्न जरुरी हुन्छ ?
-    बगैंचा लगाउने स्थान मट्याईलो भएमा १ घन मीटर भन्दा कमको खाडल खन्दा पनि हुन्छ तर ढुङ्गयाइलो माटोमा भने कम्तीमा १ घन मीटर वरावरको खाडल खन्नै पर्ने हुन्छ । यसरी खनेको खाडलमा कम्पोष्ट मल र माटो १स्३ को अनुपात मिलाई पुर्नु पर्दछ । 

१२। नास्पातीका कस्ता खालका बिरुवा कुन महिनामा सार्नु पर्ला ?
-    करीब ३ फीट उचाईका स्वस्थ्य बिरुवाहरु पौष–माघ महिनामा पहिले खनि राखेको खाडलमा सार्दा भने संख्या नीकै न्यून हुन आउछ । 

१३। नास्पातीका बिरुवाहरु रोपि सकेपछि छापो दिन जरुरी हुन्छ ?
-    निश्चयनै, कलिलो बिरुवालाई सुख्खाबाट बचाउन र झारपातहरु छिटो नपलाओस भन्न सुकेका झारपात पराल आदिले बोटको वरीपरी छापो हाली दिनु पर्दछ । 

१४। नास्पातीको बगैंचामा अन्तरवाली लगाउन सकिन्छ ?
-    नास्पाती अग्लो र फैलिने खालको फलफूल हो तर यसको पूर्ण विकास हुन करीब ८–१० वर्ष लाग्दछ । यस अवधिमा केही आरुवखडा, अदुवा, वेसार, आलु र दाल वालीहरु सिमी, केराउ, मास, भटृमास जस्ता वालीहरु बिरुवाको उमेर ८–१० वर्षको नहुन्जेल लगाउन सकिन्छ । 

१५। नास्पातीको बिरुवालाई मलखादको ब्यवस्था कसरी मिलाउनु पर्दछ ?
-    नास्पातीको बोटलाई उमेर अनुसारको अलग अलग मात्रा सिफारिस गरिएको हुन्छ । २ वर्षको नफलेको बिरुवालाई २० के.जी. कम्पोष्ट, १०० ग्राम नाईट्रोजन, ५० ग्राम फस्फोरस, १०ग्राम पोटासको आवश्यक हुन्छ भने सोही बिरुवालाई १० वर्ष पुगेपछि ६० के.जी. कम्पोष्ट, ४०० ग्राम नाईट्रोजन, २०० ग्राम फस्फोरस र ४० ग्राम पोटासको आवश्यकता पर्दछ । 

१६। सिफारीस मात्राका मलहरु वर्षमा कति पटक र कुन अनुपातमा दिनु फायदाजनक हुन्छ ?
-  रासायनिक मलहरु वर्षको ३ पटक प्रयोग गरेको पनि पाईन्छ तर ब्यवहारिक रुपले सजिलो तथा बिरुवालाई फायदा पुग्ने पहिलो पल्ट पुष, माघमा ७५५ र बाँकी २५५ जेष्ठ महिनातिर हाल्न उपयुक्त हुन्छ ।

१७। नास्पातीमा तालिम तथा काँटछाँटको कतिको महत्व हुन्छ ?
- नास्पाती पतझड बिरुवा भएकोले हिउँदको महिनामा बिरुवालाई तालिम तथा काँटछाँट गर्न अनिवार्य आवश्यकता हुन्छ । तालिम तथा काँटछाँट गरीएका बिरुवाहरु ठीक आकारका आकर्षक र गुणस्तरीय र बढी उत्पादन दिने क्षमताका हुन्छन् ।

१८। नास्पातीमा कुन तरीकाले तालिम काँटछाँट गर्नु उचित हुन्छ ?
-    नास्पातीमा केन्द्रीय खुल्ला प्रणाली र मोडिफाईड सेन्ट्रल लिडर सिष्टमबाट तालिम तथा काँटछाँट गरेको पाईन्छ । शुरुका ४ वर्षसम्म बिरुवाको आकार मिलाउने तरीकाले बिरुवाको तालिम र काँटछाँट गरिन्छ भने ४ वर्षपछि ठूला बिरुवालाई फूल उत्पादनको हिसाबले काँटछाँट गर्ने गरिन्छ । 

१९। के नास्पातीमा पनि फल छाँट्ने कार्य गर्न जरुरी हुन्छ ?
-    गुणस्तरीय फल उत्पादन गर्न फल छाँट्न अनिवार्य हुन्छ । पहिलो पटक फल लागेको १ महिना पछि करीब गुच्छा आकारका हुँदा फल छाँट्नु पर्दछ । दोस्रो पटक जेष्ठको पहिलो सातातिर साना र काम नलाग्ने खालका फल छाट्नु पर्दछ । एउटा झुप्पामा १–२ वटा मात्र फल लाग्न दिनु पर्दछ । 

२०। नास्पातीमा कस्ता कस्ता कीराहरु लाग्दछन् ?
-    नास्पातीमा विशेषत कत्ले कीरा, चिप्ले कीरा, लाही, फल कुहाउने औंसा, खपटे, गवारो, थ्रिप्स, सुलसुले जस्ता कीराहरु लाग्दछन् । यिनीहरु मध्ये कत्ले, चिप्ले र फल कुहाउने औंसा कीराले बढी क्षति पुर्‍याएको हुन्छ । 

२१। नास्पातीमा लाग्ने कत्ले कीराले कसरी क्षति गर्दछ ?
-    सुषुप्तावस्थामा रहेका नास्पातिका बोटहरुमा प्रसस्त मात्रामा खरानी रंगका सेता खस्रा थोप्लाहरु कलिला मूना, पात तथा रुखको बोक्रामा बसी रस चुसी रहेका हुन्छन् । कमजोर बिरुवाहरुमा यी कीराहरुको आक्रमण बढी देखिन्छ ।

२२। कत्ले कीराको रोकथाम कसरी गर्न सकिन्छ ?
-    यी कीराहरुलाई रोकथाम गर्नको लागि सर्वप्रथमतः बगैंचालाई सफा सुग्घर राख्ने, सुषुप्तावस्थामा २५ खनिज तेलको प्रयोग गर्ने र अझ राम्रो रोकथाम हुन सकेन भने सुमिसिडिन जस्ता विषादी १ एम।एल। प्रति लिटर पानीमा मिसाएर स्पे्र गर्नु पर्दछ ।

२३।चिप्ले कीराले नास्पातीलाई कसरी नोक्सानी पुर्‍याउँदछ ?
-    यस कीराका लार्भाहरु चिप्ले कीरा जस्तै थलथल परेका हुन्छन् । लार्भाहरुले नास्पातीको पातमा आक्रमण गरी पातहरु खाई दिन्छन् जस्ले गर्दा बिरुवाहरु नाङ्गै देखिन्छन् । यी लार्भाहरु हरिया, पहेंला र अन्य रङ्गका पनि हुन्छन् । 

२४। चिप्ले कीराको रोकथाम कसरी गर्न सकिन्छ ?
-    बिरुवामा देखिएका लार्भा प्यूपाहरु हातले टिपेर गाडेर वा जलाएर नष्ट गर्न सकिन्छ । बढी आक्रमण भएको छ भने सुमिसिडिन नामक विषादी १ एम।एल। प्रति लिटर पानीमा अषाढको शुरु देखिनै बिरुवामा छर्नु पर्दछ । 

२५। फल कुहाउने औंसाले नास्पातीको फललाई कसरी नोक्सानी पुर्‍याउँदछ ?
-    यस कीराको पोथी झिङ्गाले उसको फुल पार्ने तिखो अङ्गले फलको भित्री भागमा फुल पारिदिन्छन् । ती फूलहरुबाट केही दिनमा औंसाहरु निस्कन्छन् र फलको भित्री भाग खान थाल्दछन् फलस्वरुप फल कुहिएर झर्दछन् । 

२६। फल कुहाउने औंसाको कसरी रोकथाम गर्न सकिन्छ ?
-    जेठ महिनाको अन्ततिर प्रत्येक फललाई कागजको  थैलाले वा जालले छोप्नु पर्दछ । अगौटे जातहरुमा भन्दा पछौटे जातहरुमा बढी नोक्सानी पुर्‍याउँदछन् । 

२७। नास्पाती वालीमा कस्ता–कस्ता रोगहरु लाग्दछन् ?
-    नास्पातीमा पातमा लाग्ने थोप्ले रोग, गुलावीरपिंक रोग मुख्य हुन । यिनीहरु मध्ये थोप्ले र गुलाबी रोगले बढी नोक्सानी गर्दछ ।

२८। नास्पातीको पातमा लाग्ने थोप्ले रोगले कसरी नोक्सानी गर्दछ ?
-    पहिले पातमा साना–साना खैरा रङ्गका थोप्लाहरु आषाढ महिनाको शुरुतिर देखा पर्दछन्। यी थोप्ला भएका पातहरु छिटै झर्दछन् जस्ले गर्दा बिरुवाहरु वेमौषममा फुल्न थाल्दछन्। यो रोग फलमा भने लागेको पाईएको छैन।

२९। पातमा लाग्ने थोप्ले रोगको रोकथाम कसरी गर्न सकिन्छ ?
-    हिउदको समयमा बिरुवाको फेदमा झरेका रोगी पातहरु जम्मा गरेर जलाई दिनु पर्दछ र जेष्ठ देखि अषाढको अन्तसम्म इन्डोफिल एम–४५ नामक रोग नाशक विषादी १।५ ग्राम प्रति लिटर पानीमा घोलेर छर्नाले रोग नियन्त्रणमा आउदछ।

३०। गुलाबी-पिंक रोगको पहिचान कसरी हुन्छ ?
-    शुरुमा रोग लागेको ठाउँमा माकुराको जालो जस्तो ढूसीको जालो देखा पर्दछ । यी ढुसीहरु क्रमशः बिरुवाको हाँगामा बढ्दै जान्छन् र गुलाबी दाग देखिन्छन् । रोग फैलिदै जादा पातहरु पहेंलिन्छन् र बिरुवा ओइलाउछ । रोगी बिरुवाको बोक्रा खस्रो र चिरिएको हुन्छ । 

३१। गुलाबी रोगको रोकथाम गर्ने उपायहरु के–के होलान ?
-    बोटमा गुलाबी धब्बा देखिएको भागलाई चक्कुले काटेर हटाउने र त्यष्समा बोडोपेष्ट लगाउनु पर्दछ । फूल फूल्नु अगााडी देखि वर्षातको मध्यसम्म इन्डोफिल एम–४५ नामक विषादी १।५ ग्रामरलिटर पानीमा मिसाई पटक–पटक छर्नु पर्दछ । 

३२। नास्पातीको फल पाकेको कसरी थाहा पाउन सकिन्छ ?
-    नास्पातीका फलहरु परिपक्व भएपछि हरियो रङ्गबाट पहेंलो–रातो किसिमको छुटै रङ्गमा बदलिन्छ र फलमा रस चडी पोटिला देखिन्छन् । यस्तो अवस्थामा मौरी, चरा आदिले बढी आक्रमण गर्दछन् । 

३३। नास्पातीको फललाई कसरी टिप्न उपयुक्त होला ?
-    काँटछाँट गरिएका जापानीज जातका नास्पातीहरु भूईबाटै टिप्न सकिन्छ तर अग्ला बोट छन् भने भ¥याङ्गको सहायता लिनु पर्ने हुन्छ । फल टिप्ने बेलामा फललाई नतानीकन फल माथि उठाएमा सजिलै टिप्न सकिन्छ । फल टिपी सकेपछि भेट्नो कैचीले काट्ने घाउ लागेको आकार नमिलेको फल हटाई राम्रा फलहरु फोम जस्ता नरम वस्तुमा राख्नु पर्दछ । 

३४। फलहरु प्याक गर्नु पूर्व चिस्याउन किन जरुरी हुन्छ ? 
-    नेपालमा प्रायः फल टिपी सकेपछि चिस्याउने चलन छैन तर चिस्याउदा बाहिर खेतवारी भएको तापक्रम कम भई गुणस्तर विग्रन र तोल घट्न पाउदैन । 

३५। नास्पातीका फलहरु छान्न र ग्रेडिङ्ग गर्न आवश्यक छ ?
-    फलहरु टिपीसकेपछि फलको भेट्ना र पातहरु हटाउने रोगकीरा, चोटपटक लागेका असमान आकार भएका फलहरु हटाउनु पर्दट र राम्रा फलहरु मध्ये ए र बी समूहमा बाँडी ए समूहकालाई थोक बजारमा र बी समूहकालाई स्थानीय बजारमा विक्री गर्नु पर्दछ । 

३६।नास्पातीको फललाई कसरी प्याकिङ्ग गर्नु उचित होला ?
-    हाल पनि नास्पातीका फलहरु टोकरी, थुन्से, डोको, बोरा आदिमा प्याकिङ्ग गर्दा फललाई सुरक्षित राख्न सकिन्छ । 

३७। नास्पातीका फलहरु कसरी भण्डारण गर्नु पर्दछ ?
-    साधारण कोठाहरुमा नास्पाती राख्यौं भने ३–४ दिन भित्रै बिग्रन शुरु हुन्छ । अतः भण्डारण गर्ने कोठाको तापक्रम ६–८० से. र आर्द्रता ८०–८५% कायम गरी भण्डारण गर्दा ३०–४५ दिनसम्म भण्डारण गर्न सकिन्छ 

३८। नास्पातीको उत्पादन प्रति बोट कतिसम्म लिन सकिन्छ ? 
-    जापानीज जातका ८–१० वर्ष उमेरका प्रति बोटमा सदर २०० दानाको ८०–१०० केजी उत्पादन भएको रेकर्ड छ । 

स्रोत : जलवायु प्रकोप समुत्थान निर्माण आयोजना
(कृषि व्यवस्थापन सूचना प्रणाली)

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै