१. जग्गा छनौट र खोर निर्माण

- व्यवसायिक रुपमा धेरै संख्यामा लोकल कुखुरा पाल्नको लागि उन्नत जातका कुखुरालाई जस्तै खोर निर्माण गर्नुपर्ने हुन्छ । खोर निर्माण बारे विस्तृत रुपमा बुझ्नको लागि "कुखुरापालनको लागि जग्गाको छनौट तथा खोर बनाउने तरिका" विषयक लेख पढ्न सक्नुहुनेछ ।

- खोर बाहिर कम्तिमा ५ फिट अग्लो जालीले बाउन्ड्री गरिएको घाँस र बुट्यान लगाइएको खुला जमिन पनि भएमा राम्रो हुन्छ । खुला छोडेर पालिएको लोकल कुखुराको मासु बोशो रहित, कसिलो र बढी स्वादिष्ट हुन्छ ।

- परम्परागत रुपमै सानो खोरमा सिमित संख्यामा मात्र पाल्ने हो भने पनि पर्याप्त मात्रामा भेन्टीलेशन पुग्ने गरी लोकल कुखुराको खोरको वनावटमा सुधार गर्नुपर्ने हुन्छ । सुली दिन दिनै सफा गरी सफा र ओभानो राख्नुपर्छ ।

२. ब्रुडिंग व्यवस्थापन

- उन्नत जातका कुखुरालाई जस्तै ब्रुडिंग गर्नुपर्ने हुन्छ । यसबारे विस्तृत रुपमा जान्नको लागि "खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम" विषयक लेख पढ्न सक्नुहुनेछ ।

३. क्षेत्रफल आवश्यकता

- प्रति वयस्क कुखुरा बराबर खोरभित्रको क्षेत्रफल २ वर्ग फिट उपलब्ध गराउनुपर्ने हुन्छ । ब्रुडिंग अवस्था देखि वयस्क अवस्था सम्म क्षेत्रफललाई कसरि क्रमिक रुपमा वृद्दि गर्दै लैजाने भन्ने बारेमा पनि "खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम" विषयक लेखमा उल्लेख गरिएको छ । खोर बाहिर कम्तिमा ५ फिट अग्लो जालीले बाउन्ड्री गरिएको घाँस र बुट्यान लगाइएको खुला जमिन पनि भएमा राम्रो हुन्छ । खुला छोडेर पालिएको लोकल कुखुराको मासु बोशो रहित, कसिलो र बढी स्वादिष्ट हुन्छ ।

४. दाना पानीको भाँडा आवश्यकता

- चिक फिडर ट्रे : ७५ चल्ला बराबर एउटा (सुरुको ५ दिन मात्र)

- चिक ड्रिंकर : ४० चल्ला बराबर एउटा (सुरुको पच्चीस दिन)

- चिक फिडर : ४० चल्ला बराबर एउटा (छैठौं दिनदेखि पच्चीस दिनसम्म)

- ठूलो ड्रिंकर : ५० कुखुरा बराबर एउटा (पच्चीस दिनपछि)

- ठूलो फिडर : ५० चल्ला बराबर एउटा (पच्चीस दिनपछि)

५. दाना व्यवस्थापन

- सुरुको २ हप्ता : B0 दाना

- तेस्रो र चौथो हप्ता : L1 वा B1 दाना

- पाँचौं हप्तापछि : K2 (क्रोइलरको ग्रोइङ्ग दाना) नभए L2 (लेयर्सको ग्रोइङ्ग दाना) । पछिसम्म व्रोइलरको दाना खुवाउँदा उत्पादन लागत अनावश्यक बढी हुन आउँछ ।

- महिना दिन भएपछी दिनको समयमा खोर बाहिर जाली बाउन्ड्री गरिएको परिसरमा छोड्ने । उक्त परिसरमा घाँस र बुट्यान लगाउने जसकारण कुखुराले छाहरी पाओस् । साथै बुट्यान तथा घाँस भएमा किरा-फट्यांग्रा आकर्षित हुन्छन जुन लोकल कुखुराको लागि गतिलो आहाराको श्रोत बन्नसक्छन । घाँस खुवाएर दाना लागतमा करिब २५ प्रतिशत कटौती गर्न सकिन्छ । रातको समयमा खोरभित्र बास बसाउने ।

- घरको भान्साबाट निस्कने तरकारी लगायत अन्य खाद्यवस्तुको रहलपहललाई लोकल कुखुराको आहाराको रुपमा प्रयोग गरी उत्पादन लागतमा व्यापक कटौती गर्न सकिन्छ ।

६. भ्याक्सिन तालिका

- छैठौं दिन – B1 भ्याक्सिन आँखामा थोपा

- बाह्रौँ दिन – IBD Intermediate Plus भ्याक्सिन आँखामा थोपा

- अठारौँ दिन – IBD Intermediate भ्याक्सिन आँखामा थोपा

- पच्चीसौँ दिन - Lasota भ्याक्सिन पिउने पानीमा वा आँखामा थोपा

- पैतालिसौँ दिन – Fowl Pox भ्याक्सिन पखेंटामा खोस्रेर

- पैसठ्ठीऔँ दिन – R2B भ्याक्सिन साप्राको मासुमा

- त्यसपछि प्रत्येक ४५ दिनको अन्तरमा Lasota भ्याक्सिन पिउने पानीमा वा आँखामा थोपा

७. जुकाको औसधि तालिका

- पाँच हप्ता उमेर भएपछी पहिलो डोज जुकाको औसधि चलाउने 

- त्यपछि खुला छोड्ने कुखुरालाई प्रत्येक महिनाको अन्तरालमा खुवाईराख्ने

- पूर्णतया खोरभित्र पालिएको हो भने २ महिनाको अन्तरालमा खुवाउने 

- जुकाको औसधि चलाउँदा सधैभरी एकै किसिमको औसधि मात्र नचलाएर Albendazole, Piprazine र Levamisole लाई चक्रिय प्रणालीमा चलाउनु उपयुक्त हुन्छ l

९. अन्य जानकारी

- कुखुरालाई लामखुट्टे झिंगा र भुसुनाबाट वचाउनका लागि खाली खोरमा निम, तुलसी र सुर्तीको पातको धुंवा दिन सकिन्छ ।

- कुखुरालाई २४ सै घण्टा सफा भांडामा सफा पिउने पानीको ब्यवस्था गर्नुपर्छ । रोगको रोगथामको लागि पिउने पानीमा थोरै वेसार अथवा पोटास मिलाउनु उपयुक्त हुन्छ ।

- जाडो र वर्षातको समयमा कुखुराको खानामा लसुन र गर्मीको समयमा खानामा मसिनो गरी प्याज काटेर मिसाउदा कुखुराको प्रतिरोध क्षमता उच्च रहन्छ।

- लोकल कुखुरालाई निम्न किसिमको खानाको उपलब्धता गराउन सकिन्छ : 

१. टुक्राईएको मकै, चामलको कनिका, गहुंको चोकर, कोदो ईत्यादि (शक्तिको लागि) ।

२. किरा, फट्यांग्रा, लार्भा (शारीरिक बृद्धिको लागि) ।

३. हरियो घांसपात जस्तै वदामे घांस, सागपात, मसिना ढुंगा तथा हड्डीका टुक्राहरु, शंखे किराका खपडाहरु (पाचन प्रणालीमा सुधार तथा रोग संग लड्न सक्ने क्षमता विकासका लागि)

- जुकाको औषधि खुवाएको हप्ता-दश दिनपछि मात्र कुखुराको रानीखेत र विफर (Fowl Pox) रोग विरुद्धको खोप लगाउन उपयुक्त हुन्छ ।

नोट : हुन त लोकल कुखुरालाई अण्डा उत्पादन गर्ने हेतुले पनि पाल्न सकिन्छ । तर लोकल कुखुराका पोथी कमर्सियल लेयर्सका पोथी जस्ता उत्पादनशील भने हुदैनन् । लोकल कुखुराद्वारा उत्पादित अण्डालाई कमर्सियल लेयर्सद्वारा उत्पादित अण्डा भन्दा फरक भाउ (यथोचित बढी) मा बिक्रि गर्न सकेको खण्डमा मात्रा लोकल कुखुराबाट अण्डा उत्पादन गर्ने व्यवसाय नाफामुलक हुनसक्छ । लोकल कुखुराको मासुमा पाइने तिख्खर स्वादप्रति ठूलो आकर्षण रहेकोले मासुको लागि लोकल कुखुरालाई व्यवसायिक ढंगबाट पालन गरेर आय-आर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै