कालीमाटीमा परीक्षण गरिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र

काठमाडौं, २ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका १० वटा तरकारीका नमुना विषादी अवशेष परीक्षणमा उपभोगयोग्य पाइएको छ । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले गरेको परीक्षणमा सबै नमुना उपभोगयोग्य देखिएका हुन् ।

प्रयोगशालाले भदौ २ गते सार्वजनिक गरेको विवरणअनुसार बन्दागोभी, काँक्रो, भिण्डी, हरियो फर्सी, घिरौला, लौका, परवल, माछे खुर्सानी र खुर्सानीका नमुना परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबै नमुनाको कैफियतमा ‘उपभोग योग्य’ उल्लेख गरिएको छ ।

परीक्षण गरिएका नमुनामध्ये मकवानपुरको थाहा नगरपालिकाबाट बन्दागोभी, माछे खुर्सानी र खुर्सानी, दक्षिणकाली नगरपालिका काठमाडौं तथा सर्लाहीको लालबन्दीबाट काँक्रो, भिण्डी, फर्सी र परवलका नमुना संकलन गरिएको थियो । त्यस्तै काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाबाट घिरौला तथा धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट लौकाको नमुना परीक्षण गरिएको प्रयोगशालाको विवरणमा उल्लेख छ ।

प्रयोगशालाले विषादी अवशेषको रोकावट प्रतिशतका आधारमा ३५ प्रतिशतभन्दा कमलाई उपभोगयोग्य (Consumable), ३५ देखि ४५ प्रतिशतसम्मलाई केही दिन राखेर पुनः परीक्षण गर्नुपर्ने (Quarantine) र ४५ प्रतिशतभन्दा बढीलाई विसर्जन गर्नुपर्ने (Disposable) मापदण्ड राखेको छ ।

प्रयोगशालाले यस परीक्षणमा कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशकको मात्र परीक्षण गरिएको जनाएको छ । त्यसैले अन्य विषादी तथा रसायनका हकमा यो परीक्षण नतिजा लागू नहुने स्पष्ट पारिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै