जनकपुरका तीन खाद्य व्यवसायमा कारबाही

काठमाडौं । खाद्य स्वच्छता तथा उपभोक्ता स्वास्थ्यमा गम्भीर असर परेको भन्ने उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनकपुरधामका तीन खाद्य व्यवसायमा अनुगमन गरी निर्देशन तथा कारबाही गरेको छ ।

अनुगमनका क्रममा जनकपुरधाम–८ स्थित इनेजिक केगंन वाटर उद्योगले प्रशोधित पिउने पानी उत्पादनको सिफारिस लिएर अनुमति विपरीत २० लिटरका जारमा अल्कालाइन पानी उत्पादन तथा बिक्री गरेको भेटिएको विभागले जनाएको छ । विभागले उक्त पानीको बिक्री–वितरण तत्काल रोक्न र आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तै, होटल मिथिला चिरायू र सौरभ खाउँ–खाउँ चाट पसलमा खाद्य पदार्थ सिधै छापिएको पत्रिकामा राखेर बिक्री गरिएको, सरसफाइमा कमी रहेको तथा चाट पसलमा पकाएको खाना सुरक्षित तापक्रममा नराखिएको पाइएको छ ।

विभागले दुवै व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सरसफाइ सुधार गर्न, छापिएको कागज प्रयोग नगर्न र खाद्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै