भेडे खुर्सानीदेखि गोलभेडासम्मका १० नमुना विषादी परीक्षणमा पास

काठमाडौं, १ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजारबाट संकलन गरिएका १० वटा तरकारी तथा फलफूलका नमुना विषादी अवशेष परीक्षणमा उपभोगयोग्य पाइएको छ । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले गरेको परीक्षणबाट सबै नमुना उपभोग गर्न योग्य देखिएका हुन् ।
प्रयोगशालाले २०८३ साल साउन २८ गते परीक्षण गरेका नमुनामा चिचिण्डा, काँक्रो, गोलभेडा, आलु, प्याज, लौका, घिउसिमी र भेडे खुर्सानीलगायत रहेका छन् । परीक्षण गरिएका नमुनामा चितवनको चिचिण्डा, दक्षिणकाली नगरपालिका( काठमाडौंको काँक्रो, भक्तपुर नगरपालिकाको गोलभेडा, पनौती नगरपालिकाको आलु, सल्यानको आलु तथा भारतबाट आयातित प्याजलगायत छन् ।

त्यस्तै, चितवनको लौका, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाबाट ल्याइएको घिउसिमी तथा मकवानपुरको थाहा नगरपालिकाबाट संकलित भेडे खुर्सानीको नमुनासमेत परीक्षण गरिएको थियो । यी सबै नमुनाको कैफियतमा ‘उपभोग योग्य’ उल्लेख गरिएको छ ।

प्रयोगशालाका अनुसार परीक्षणमा मुख्यतः कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशकको अवशेष परीक्षण गरिएको हो । प्रयोगशालाले यी समूहबाहेक अन्य विषादी तथा रसायनका हकमा उक्त परीक्षण नतिजा लागू नहुने स्पष्ट पारेको छ ।

प्रयोगशालाले विषादी अवशेषको रोकावट प्रतिशतका आधारमा ३५ प्रतिशतभन्दा कमलाई उपभोगयोग्य ९ऋयलकगmबदभि०, ३५ देखि ४५ प्रतिशतसम्मलाई केही दिन राखेर पुनः परीक्षण गर्नुपर्ने ९त्तगबचबलतष्लभ० र ४५ प्रतिशतभन्दा बढीलाई विसर्जन गर्नुपर्ने ९म्ष्कउयकबदभि० व्यवस्था रहेको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै