कालीमाटी बजारमा गोलभेडा र तरकारीको मूल्य उच्च

काठमाडौँ, ३१ साउन । काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडासहित केही तरकारीको मूल्य उच्च रहेको छ । बजारमा ठूलो भारतीय गोलभेडाको थोक मूल्य प्रतिकेजी रु ७० देखि ८० सम्म रहेको छ भने औसत मूल्य रु ७५ कायम भएको छ ।

सानो लोकल गोलभेडा प्रतिकेजी रु ३० देखि ४० र टनेल गोलभेडा रु ४२ देखि ५७ सम्ममा कारोबार भइरहेको छ। आलुमा रातो लाम्चोको मूल्य रु ४८ देखि ५१, रातो गोलो रु ४८ देखि ५३ र रातो मुडे आलु रु ४८ देखि ५३ प्रतिकेजी रहेको छ। भारतीय रातो आलु रु ३७ देखि ४० तथा सेतो आलु रु ३३ देखि ३७ प्रतिकेजीमा कारोबार भएको छ।

तरकारीतर्फ स्थानीय गाजर प्रतिकेजी रु १०० देखि १२०, स्थानीय काउली रु ९० देखि १००, बोडी रु ७० देखि ९०, भटमासकोशा रु १०० देखि १२० र रायोको साग रु ८० देखि १३० सम्म रहेको छ। पालुङ्गो सागको मूल्य भने प्रतिकेजी रु २०० देखि २५० सम्म पुगेको छ।

च्याउतर्फ कन्य च्याउ रु २४० देखि २८०, डल्ले च्याउ रु ३५० देखि ४५०, राजा च्याउ रु ३०० देखि ३३० र सिताके च्याउ रु ८०० देखि १ हजार प्रतिकेजीमा बिक्री भइरहेको छ। पार्सले प्रतिकेजी रु १ हजार ४०० देखि १ हजार ५०० सम्म रहेको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी रु २८० देखि ३००, नेपाली केरा प्रतिदर्जन रु २५० देखि ३००, कागती रु २०० देखि २५०, अनार रु ३०० देखि ३५० र मालदह आँप रु २५० देखि २८० सम्म रहेको छ। नेपाली मेवा रु ८० देखि ९० तथा भारतीय मेवा रु १०० देखि १२० प्रतिकेजीमा कारोबार भइरहेको छ।

मसला तथा अन्य कृषि उपजमा अदुवा प्रतिकेजी रु २०० देखि २३०, हरियो धनिया रु २५० देखि ३५०, सुकेको चिनियाँ लसुन रु २०० देखि २४० र नेपाली सुकेको लसुन रु १८० देखि २०० सम्म रहेको छ। ताजा रहु माछाको मूल्य प्रतिकेजी रु ३३० देखि ३७० तथा बचुवा र छडी माछा रु ३०० देखि ३३० सम्म रहेको छ।

समग्रमा कालीमाटी बजारमा केही हरियो तरकारी, च्याउ, फलफूल तथा मसला वर्गका वस्तुको मूल्य तुलनात्मक रूपमा महँगो देखिएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै