सानो लोकल गोलभेडा प्रतिकिलो औसत २७ रुपैयाँ ५० पैसा तथा टनेलमा उत्पादित सानो गोलभेडा ४७ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ । आलुतर्फ रातो लाम्चो आलुको औसत मूल्य प्रतिकिलो ५० रुपैयाँ, रातो गोलो र मुडे आलु ५० रुपैयाँ ६७ पैसा तथा भारतीय रातो आलु ३६ रुपैयाँ १७ पैसा रहेको छ । सेतो आलु प्रतिकिलो ३४ रुपैयाँ १७ पैसामा कारोबार भइरहेको छ ।
तरकारीमध्ये स्थानीय गाजरको औसत मूल्य प्रतिकिलो ११० रुपैयाँ र तराईको गाजर ७५ रुपैयाँ रहेको छ । स्थानीय काउली ९५ रुपैयाँ, बोडी ९५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ तथा भटमासकोशा ९५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । घिउ सिमीको औसत मूल्य ७६ रुपैयाँ ६७ पैसा र टाटे सिमीको ७५ रुपैयाँ रहेको छ ।
सागपातमध्ये पालुङ्गो साग सबैभन्दा महँगो देखिएको छ । यसको औसत मूल्य प्रतिकिलो २२५ रुपैयाँ रहेको छ । रायो साग १२५ रुपैयाँ, तोरीको साग ९० रुपैयाँ, हरियो प्याज १७५ रुपैयाँ र हरियो धनिया २५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।
च्याउतर्फ कन्य च्याउको औसत मूल्य प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, राजा च्याउ ३११ रुपैयाँ ६७ पैसा तथा सिताके च्याउ ९०० रुपैयाँ रहेको छ । पार्सलेको मूल्य भने प्रतिकिलो १ हजार ४५० रुपैयाँसम्म पुगेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो औसत २९० रुपैयाँ, नेपाली केरा दर्जनको २७५ रुपैयाँ, मालभोग केरा १९० रुपैयाँ, कागती २२५ रुपैयाँ, अनार ३५० रुपैयाँ तथा मालदह आँप २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चोसा आँपको औसत मूल्य २४० रुपैयाँ रहेको छ ।
यस्तै, नेपाली मेवाको औसत मूल्य प्रतिकिलो ८५ रुपैयाँ, भारतीय मेवा ११० रुपैयाँ, नासपाती लोकल ८५ रुपैयाँ र चिनियाँ नासपाती १५३ रुपैयाँ ३३ पैसा रहेको छ । आभोकाडो र नेपाली ड्रागन फ्रुटको औसत मूल्य प्रतिकिलो ४५० रुपैयाँ छ ।
मसलाजन्य वस्तुतर्फ अदुवाको औसत मूल्य प्रतिकिलो २१२ रुपैयाँ ५० पैसा, सुकेको खुर्सानी ५२५ रुपैयाँ, हरियो लाम्चो तथा बुलेट खुर्सानी ८५ रुपैयाँ र अकबरे खुर्सानी २७५ रुपैयाँ रहेको छ । नेपाली सुकेको लसुन १९० रुपैयाँ र चिनियाँ सुकेको लसुन २२५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।
माछातर्फ ताजा रहुको औसत मूल्य प्रतिकिलो ३५० रुपैयाँ, बचुवा ३१५ रुपैयाँ र छडी माछा ३१५ रुपैयाँ रहेको छ ।
कालीमाटी बजारको मूल्य सूचीअनुसार दैनिक उपभोग्य तरकारी तथा फलफूलको मूल्यमा वस्तु, गुणस्तर, उत्पादन क्षेत्र र आपूर्तिअनुसार फरक–फरक दर कायम रहेको छ ।


2026-08-13-02-08-02.jpeg)













प्रतिक्रिया थप्नुहोस्