कालीमाटीका १० तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षण, सबै उपभोगयोग्य

काठमाडौँ, २८ साउन । कालीमाटी फलफूल तथा तरकारी बजारबाट सङ्कलन गरिएका १० वटा तरकारी तथा फलफूलका नमुनामा गरिएको विषादी अवशेष परीक्षणमा सबै नमुना उपभोगयोग्य पाइएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले साउन २८ गते सार्वजनिक गरेको परीक्षण नतिजाअनुसार चिचिण्डा, काँक्रो, गोलभेडा, आलुका दुई नमुना, प्याजका दुई नमुना, लौका, घिरौँला र भेडेखुर्सानीको विषादी अवशेष परीक्षण गरिएको थियो । परीक्षण गरिएका सबै नमुना उपभोगका लागि योग्य रहेको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाको विवरणअनुसार चितवनबाट ल्याइएको चिचिण्डा, दक्षिणकाली नगरपालिका काठमाडौँबाट सङ्कलित काँक्रो तथा भक्तपुर नगरपालिकाबाट सङ्कलित गोलभेडा परीक्षण गरिएको थियो । यस्तै, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र सल्यानबाट आलु, भारतबाट दुईवटा प्याज, चितवनबाट लौका, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाबाट घिरौँला तथा मकवानपुरको थाहा नगरपालिकाबाट भेडेखुर्सानीको नमुना परीक्षण गरिएको हो ।

नतिजामा सबै नमुनाको कालीमेट र अर्गानोफस्फेट समूहअन्तर्गत विषादी अवशेष परीक्षण गरिएको र सबै नमुना उपभोगयोग्य (Consumable) श्रेणीमा परेको उल्लेख छ । परीक्षणको आधारमा कुनै पनि नमुनालाई केही दिन राखेर पुनः परीक्षण गर्नुपर्ने क्वारेन्टाइन वा तत्काल विसर्जन गर्नुपर्ने डिस्पोजेबल श्रेणीमा राखिएको छैन ।

प्रयोगशालाका अनुसार उक्त विवरणमा उल्लेखित पहिलो तीन नमुनामा कालीमेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिएको हो । अन्य विषादी तथा रासायनिक पदार्थका हकमा भने यो नतिजा लागू नहुने जनाइएको छ ।

यस परीक्षण नतिजाले कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका परीक्षण गरिएका तरकारी तथा फलफूलमध्ये उक्त १० नमुनामा तत्काल उपभोगका लागि अयोग्य हुने स्तरको विषादी अवशेष नभएको देखाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै