वाणिज्य विभाग, जिल्ला प्रशासन र खाद्य विभागको अनुगमन, एक खाद्य व्यवसाय कारबाहीमा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले साउन ५ गते गरेको बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिकास्थित ‘किसुचमेना गृह’ लाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरेको छ ।

अनुगमनका क्रममा व्यवसायमा कीट नियन्त्रणको पर्याप्त व्यवस्था नभएको, फोहोरदानी खुला अवस्थामा राखिएको, भान्साको झ्याल नबन्द गरी खाद्य परिकार तयार गरिएको, खाद्य पदार्थको भण्डारण अव्यवस्थित रहेको तथा Exhaust Fan को पर्याप्त व्यवस्था नभएको पाइएको विभागले जनाएको छ । यद्यपि, समग्र सरसफाइको अवस्था भने सन्तोषजनक रहेको उल्लेख गरिएको छ ।

निरीक्षणका क्रममा व्यवसायले खरिद बिल नराखेको भेटिएपछि वाणिज्य विभागले रु २० हजार जरिवाना गरेको छ ।

संयुक्त टोलीले व्यवसायलाई नियमित सरसफाइ कायम गर्न, अनुगमनका क्रममा देखिएका सबै कमजोरी तत्काल सुधार गर्न तथा पाँच दिनभित्र सुधारको प्रमाणसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागका अनुसार यस चरणको संयुक्त बजार अनुगमनमा एक वटा खाद्य व्यवसायको निरीक्षण गरिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै