काठमाडौं, १ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बजारमा स्कुस प्रतिकिलो औसत १५ रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय रातो आलुको औसत मूल्य ४६ रुपैयाँ १७ पैसा र सुकेको भारतीय प्याजको औसत मूल्य ८९ रुपैयाँ ५० पैसा प्रतिकिलो कायम रहेको छ ।
बजारमा स्थानीय गाजर प्रतिकिलो औसत ११० रुपैयाँ र तराईको गाजर ८५ रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय बन्दाकोबीको औसत मूल्य ३५ रुपैयाँ तथा स्थानीय काउलीको ११० रुपैयाँ प्रतिकिलो रहेको छ ।
मूल्यसूचीअनुसार रातो मुला प्रतिकिलो औसत ४५ रुपैयाँ र हाइब्रिड सेतो मुला ५५ रुपैयाँमा कारोबार भइरहेको छ । लाम्चो भन्टा प्रतिकिलो ३५ रुपैयाँ, डल्लो भन्टा ४५ रुपैयाँ, तने बोडी ६५ रुपैयाँ र मकै बोडी ११० रुपैयाँ औसत मूल्यमा बिक्री भइरहेको छ ।
त्यस्तै, स्थानीय तथा हाइब्रिड घिउ सिमी र टाटे सिमीको औसत मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ । तितो करेला ७५ रुपैयाँ, लौका ६५ रुपैयाँ, स्थानीय तथा तराई परवर ७५ रुपैयाँ र घिरौला ४५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।
हरियो सागसब्जीमध्ये रायो साग प्रतिकिलो औसत १०५ रुपैयाँ, पालुङ्गो साग १७५ रुपैयाँ र तोरीको साग ९० रुपैयाँ रहेको छ । हरियो प्याजको औसत मूल्य १७५ रुपैयाँ प्रतिकिलो कायम छ ।
च्याउमध्ये कन्य च्याउ प्रतिकिलो औसत १९६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ४७५ रुपैयाँ, राजा च्याउ ३११ रुपैयाँ ६७ पैसा र सिताके च्याउ ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो औसत ३७५ रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ १४५ रुपैयाँ रहेको छ । नेपाली केराको मूल्य प्रतिदर्जन १७५ रुपैयाँ र मालभोग केराको १२५ रुपैयाँ कायम छ ।
त्यस्तै, कागती प्रतिकिलो औसत ३७५ रुपैयाँ, अनार २७५ रुपैयाँ, मौसम १२५ रुपैयाँ, जुनार १७५ रुपैयाँ र भुईँकटहर प्रतिगोटा १९० रुपैयाँमा कारोबार भइरहेको छ ।
मूल्यसूचीअनुसार अदुवा प्रतिकिलो औसत २११ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ५२३ रुपैयाँ ३३ पैसा, सुकेको चाइनिज लसुन २३३ रुपैयाँ ३३ पैसा र नेपाली सुकेको लसुन २१३ रुपैयाँ ३३ पैसा रहेको छ ।
ताजा माछामध्ये रहुको औसत मूल्य प्रतिकिलो ३५५ रुपैयाँ, बचुवाको ३२० रुपैयाँ र छडी माछाको ३३५ रुपैयाँ कायम रहेको छ ।
















प्रतिक्रिया थप्नुहोस्