विभागले २०८३ भदौ ३१ गते काठमाडौंको सामाखुसीस्थित राधा स्वामी सत्सङ्गमा राहतका लागि तयार पारिएका खाद्य पदार्थको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा सोयाबिन तेल, सनफ्लावर तेल, नमकिन, चिउरा, फुरनदाना र चियापत्तीलगायतका खाद्य पदार्थ राहतका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार अनुगमन गरिएका खाद्य पदार्थको लेबलमा ब्याच नम्बर तथा उत्पादन वा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको पाइएको छ ।
विभागले खाद्य पदार्थ वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अपनाउन निर्देशन दिएको छ ।











प्रतिक्रिया थप्नुहोस्