कालिमाटीमा आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, ३१ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज बजारमा तरकारी, फलफूल तथा अन्य कृषि उपजको मूल्यमा विविधता देखिएको छ । 

आज सुकेको भारतीय प्याजको औसत मूल्य प्रतिकेजी रु ९० रहेको छ । लोकल गाजर रु ११०, तराई गाजर रु ८२.५०, लोकल बन्दा रु ३५ र स्थानीय काउली रु ११० प्रतिकेजीमा कारोबार भइरहेको छ ।

तरकारीतर्फ लाम्चो भन्टा रु ३०, डल्लो भन्टा रु ४५, तने बोडी रु ६५, मकै बोडी रु ११०, लोकल तथा हाइब्रिड घिउ सिमी रु ८५, टाटे सिमी रु ७५ र भटमासकोशा रु ११० प्रतिकेजी रहेको छ ।

त्यस्तै, तितो करेला रु ६५, लौका रु ५५, परवर लोकल तथा तराई रु ७५, चिचिण्डो रु २५, घिरौला रु ४५, झिगूनी रु ५५, भिण्डी रु ४५ र स्कूस रु १५ प्रतिकेजी रहेको छ ।

सागसब्जीतर्फ रायो साग रु ८५, पालुंगो साग रु १७५, तोरीको साग रु ९० र हरियो प्याज रु १७५ प्रतिकेजी छ । च्याउतर्फ कन्य च्याउ रु २००, डल्ले च्याउ रु ४२५, राजा च्याउ रु ३१५ र सिताके च्याउ रु ९०० प्रतिकेजी रहेको छ ।

फलफूलतर्फ फुजी स्याउ रु ३७५, जुम्लाको स्याउ रु ३००, मुस्ताङको स्याउ रु १४५, नेपाली केरा रु १७५ दर्जन, कागती रु ३७५, अनार रु २७५, मौसम रु १२५ र जुनार रु १७५ प्रतिकेजी रहेको छ ।

त्यस्तै, लोकल काक्रो रु ६५, हाइब्रिड काक्रो रु ३०, लोकलक्रस काक्रो रु ७५, नासपाती लोकल रु ९५, चाइनिज नासपाती रु २२५, नेपाली मेवा रु ७५, भारतीय मेवा रु ११०, किवी रु ३७५ र ड्रागन फ्रुट रु ४५० प्रतिकेजी रहेको छ ।

मसला तथा अन्य उपजमा अदुवा रु २११.६७, सुकेको खुर्सानी रु ५२५, हरियो अकबरे खुर्सानी रु १७५, हरियो लसुन रु २७५, चाइनिज सुकेको लसुन रु २३३.३३ र नेपाली सुकेको लसुन रु २११.६७ प्रतिकेजी रहेको छ ।

माछातर्फ सुकेको माछाको औसत मूल्य रु ९००, ताजा रहु माछा रु ३५५, बचुवा रु ३२० र छडी माछा रु ३३५ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै