राजनीतिसँगै कृषिमा सक्रिय पाल्पाका नेता

‘चन्दा होइन, उत्पादनबाट आत्मनिर्भर बन्नुपर्छ’

पाल्पा, ३१ असार । पाल्पाका केही राजनीतिक नेताले बाँझो जमिन भाडामा लिएर व्यावसायिक खेती सुरु गरेपछि उत्पादनसँगै कृषिप्रति सकारात्मक सन्देश प्रवाह भएको छ । उनीहरूले मुलुकको आर्थिक रूपान्तरण उत्पादन र कृषि विकासबाट मात्रै सम्भव हुने निष्कर्षसहित खेतीमा सक्रियता बढाएका हुन् ।

जिल्लाका मिन सी र सुकुमार सीसहितका नेताले विगत तीन वर्षदेखि करिब ८० रोपनी जग्गा भाडामा लिएर धान, गहुँ र आलु खेती गर्दै आएका छन् । उनीहरूको उद्देश्य किसानलाई उत्पादनमुखी बन्न प्रेरित गर्नु, बाँझो जमिनको सदुपयोग गर्नु र कृषि आयात घटाउन योगदान पुर्‍याउनु रहेको छ ।

सामान्यतया राजनीतिक सभा, आन्दोलन र औपचारिक कार्यक्रममा सक्रिय देखिने यी नेताहरू अहिले भने खेतबारीमै श्रम गर्दै खेतीपातीमा व्यस्त देखिन्छन् ।

सुकुमार सीका अनुसार उत्पादनबिना राजनीति गर्नुको कुनै अर्थ छैन । “आत्मनिर्भर नेता भए कसैसँग चन्दा माग्नुपर्ने अवस्था आउँदै न। चन्दा उठाएर होइन, आफ्नै श्रम र उत्पादनबाट बाँच्ने संस्कार विकास हुनुपर्छ,” उनले बताए ।

उनका अनुसार गत वर्ष उनीहरूले १५० मुरी धान, ६० मुरी गहुँ र २० क्विन्टल आलु उत्पादन गरेका थिए । उनीहरू आगामी वर्ष उत्पादन थप वृद्धि गर्दै कृषि उद्यमलाई अझ विस्तार गर्ने योजनामा छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै