रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट, १३ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको उद्घाटन चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार गरेका हुन् ।

नवनिर्मित केन्द्रमार्फत किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान तथा जानकारी उपलब्ध गराइनेछ । केन्द्रमा तापक्रम, वर्षा, हावाको गति लगायत मौसमसम्बन्धी तथ्याङ्क सङ्कलन गरिनेछ । सङ्कलित विवरणका आधारमा बाली लगाउने समय, सिँचाइ गर्ने अवस्था तथा मल र विषादी प्रयोग गर्ने उपयुक्त समयबारे किसानलाई जानकारी दिइने जनाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या राय यादवले कृषि प्रधान जिल्ला रौतहटका हरेक पालिकामा यस्ता केन्द्र आवश्यक रहेको बताए ।

जल तथा मौसम विभाग मधेश प्रदेशका प्रमुख राजीवकुमार झाले मौसम मापन केन्द्र प्रत्येक पाँच किलोमिटरको दूरीमा आवश्यक पर्ने बताए । उनले यस्ता केन्द्रले वन संरक्षण र पूर्वाधार विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे ।

उनका अनुसार हाल सञ्चालनमा रहेका यस्ता केन्द्रबाट ८० प्रतिशतसम्म सही मौसम प्रक्षेपण भइरहेको छ । केन्द्रले असिना, खडेरी, अत्यधिक वर्षा तथा बाढीजस्ता प्राकृतिक विपद्को पूर्वसूचना प्रवाह गर्नेछ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले प्राकृतिक विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणमा केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गरे । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै