सुनचाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा, आज एकै दिनमा २० हजार ५०० बढ्यो

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै आएको छ। पछिल्लो एक साताको अवधिमा सुनचाँदीको मूल्यमा असामान्य वृद्धि देखिँदा बजार थप तातिएको छ भने लगानीकर्ताको आकर्षण बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य तोलामा सात हजार ५०५ रुपैयाँ कायम भएको छ। यो मूल्य नेपाली बजारकै हालसम्मकै उच्च विन्दु हो।

आज मात्र सुन तोलामा २० हजार ५०० रुपैयाँ र चाँदी २०५ रुपैयाँले बढेको हो। हिजो बुधबार सुन तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा सीमित थियो।

एक साताको मूल्य प्रवृत्ति (तोला/रुपैयाँ)

दिन सुन (रु.) चाँदी (रु.)
७ दिन अघि २ लाख ९५ हजार (अन्दाजी) ६ हजार ६५०
६ दिन अघि २ लाख ९९ हजार ६ हजार ७२०
५ दिन अघि ३ लाख २ हजार ६ हजार ८००
४ दिन अघि ३ लाख ५ हजार ६ हजार ८५०
मंगलबार ३ लाख ९ हजार ३०० ६ हजार ८७०
बुधबार ३ लाख १८ हजार ८०० ७ हजार ३००
आज ३ लाख ३९ हजार ३०० ७ हजार ५०५

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै