काठमाडौँ, ३ असार । विभिन्न विषयमा ४१ वटा लेखहरू समावेश गरिएको बैंकर डा. बुद्धि मल्लको पुस्तक 'सफलता सम्भव छ' सार्वजनिक भएको छ । पुस्तकमा ऊँटले आफ्नो जीवनको निरन्तरताका लागि घाँटी लामो बनाउन गरेको प्रयत्नका बारेमा उल्लेख छ ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल, नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसी तथा नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले समीक्षा गरेका थिए ।
लेखकले 'जिन्दगी सुन्दर छ' भन्ने सकारात्मक विषयलाई पुस्तकमा समावेश गरेका छन् । विमोचन गरिएको नयाँ पुस्तकमा स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, ईष्र्या, धैर्य, व्यवहार र एस्म्यमानलगायत विभिन्न विषयमा ४१ वटा लेखहरू समावेश गरिएका छन् ।
साथै संसारका सफल व्यक्तिहरू : बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमककुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान् बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता व्यक्तिका जीवनमा घटेका प्रेरक प्रसंगहरू उल्लेख गरेर पुस्तकमार्फत पाठकहरूलाई सहज हिसाबले बुझ्ने गरी 'सफलता सम्भव छ' भन्ने सन्देश दिने प्रयास गरिएको छ ।
















प्रतिक्रिया थप्नुहोस्