माछापुच्छ्रे बैंक तथा प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता

काठमाडौँ, ४ असार । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ । बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापी रुपमा वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

उिक्त सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एंव प्याब्सनका तर्फबाट अध्यक्ष डिके ढुङ्गाना हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरुप्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा प्याब्सनको सहकार्यमा सञ्चालन हुने उक्त वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताउदै पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमि र सामान्य त्रुटिका कारण पनि ठुला ठुला वित्तिय अपराधहरु भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनिहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का अध्यक्ष एंव गैरआवासीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षा संग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपयुक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिकभन्दा पनि व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

सोही कार्यक्रममा बोल्दैै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डि.के ढुङ्गानाले प्यावसनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ्ग शिक्षालगायतका विषयहरुलाई समावेश गरेको जानकारी गराउँदै माछापुच्छ्रे बैंक र प्याबसनबीचको सम्झौताले बैंकिङ्ग शिक्षालाई गाउँगाउसम्म पुर्याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गईरहेका डिजिटल अपराधहरुलाई न्यूनीकरण गर्न निकै ठूलो भुमिका खेल्ने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिल ेबैंकिङ्ग उद्योगको मुख्य चुनौतीको रुपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्यावसनसंग सहकार्य गरेको जानकारी गराउदै उक्त सम्झौताको माध्यमबाट बैंक अझ बृहत रुपमा आमजनमानसमा सचेतना जगाउन सफल हुने र यस्ता सचेतनामुलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि अझ प्रभावकारी रुपमा अगाडी बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) संग सम्बद्ध व्यक्तिहरु तथा बैंकका उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाूले स्वागत मन्तव्य राखेका थिए । उक्त सम्झौतापश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गर्नेछ भने प्याब्सनले आफुसग आवद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै