भिन्डीदेखि डल्ले खुर्सानीसम्म १० नमूना उपभोक्ता योग्य

काठमाडौं, २२ असोज । कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले गरेको परीक्षणमा विभिन्न स्थानबाट संकलित १० वटा फलफूल तथा तरकारीका नमूना उपभोक्ता योग्य रहेको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण विवरणअनुसार भिन्डी, परवल, गोलभेँडा, लौका, काँक्रो, भाँटा, घिरौँला, काउली, तितेकरेला र डल्ले खुर्सानीको नमूना परीक्षण गरिएको थियो ।

सर्लाहीको लालबन्दी, काठमाडौंको दक्षिणकाली, धादिङको बेनीघाट रोराङ तथा धुनीबेँसी, मकवानपुरको थाहा नगरपालिका लगायतका क्षेत्रबाट आएका नमूना परीक्षण गरिएको विवरणमा उल्लेख छ । भारतबाट आएको लौकाको नमूना समेत परीक्षणमा उपभोगयोग्य देखिएको छ ।

प्रयोगशालाको मापदण्डअनुसार विषादी अवशेष परीक्षणमा ३५ प्रतिशतभन्दा कम रोकावट भए नमूना उपभोगयोग्य, ३५–४५ प्रतिशत भए केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्नुपर्ने र ४५ प्रतिशतभन्दा बढी भए विसर्जन गर्नुपर्ने व्यवस्था छ ।

परीक्षणमा समावेश सबै १० नमूनालाई ‘उपभोक्ता योग्य’ भनेर उल्लेख गरिएको छ । तर पत्रमा पहिलो तीन नमूनाको रोकावट प्रतिशतसम्बन्धी निष्कर्ष कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको परीक्षणमा मात्र लागू हुने र अन्य विषादीररसायनका हकमा यो नतिजा लागू नहुने स्पष्ट पारिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑