माछापुच्छ«्रे बैंक लिमिटेडले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्र्तकृया कार्यक्रम समेत संचालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर, पीओएस, एनएफसी सेवाको महत्व बारे अवगत गराईएको थियो । अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप, इएमडब्लु, स्टान्र्डमा आधारित विश्वभर सुरिक्षत र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाईल बैंकिङ्ग एप्लिकेसन एफ–स्मार्टमा एनएफसी कन्ट्याक्टलेस अफलाईन ‘ट्याप एन्ड पे’ क्यूआरमा भ्वाईस अडियो नोटिफिकेशन प्रविधि जस्ता सेवाहरु संचालनमा ल्याउदैँ आईरहेको छ भने अन्य डिजिटल सेवाहरु जस्तैः मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एवं मुद्धती खाता खोल्ने लगायतका अनेकन अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।
















प्रतिक्रिया थप्नुहोस्