कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, कालीमाटीले २०८३ असोज २९ गते गरेको परीक्षणमा काँक्रो, गोलभेडा, घिरौँला, काउली, भेडी, बन्दागोभी, भान्टा र परवललगायतका तरकारीको परीक्षण गरिएको हो ।
प्रयोगशालाका अनुसार दक्षिणकाली नगरपालिका काठमाडौं, सूर्यविनायक नगरपालिका भक्तपुर, गजुरी गाउँपालिका धादिङ, नुवाकोट, लालबन्दी नगरपालिका सर्लाही, थाहा नगरपालिका मकवानपुर, बेनीघाट रोराङ गाउँपालिका धादिङ र वीरगञ्ज महानगरपालिका पर्साबाट संकलित नमुना परीक्षण गरिएको थियो ।
परीक्षण गरिएका नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादी अवशेष परीक्षण गरिएको थियो। सबै नमुनालाई प्रयोगशालाले ‘उपभोग योग्य’ वर्गमा राखेको छ ।
प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम रोकावट भएमा उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर पर्खनुपर्ने (क्वारेन्टाइन) र ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गर्नुपर्ने व्यवस्था छ ।
प्रयोगशालाले काँक्रो, गोलभेडा र घिरौँलाका केही नमुनामा कार्बामेट तथा अर्गानोफस्फेट समूहका विषादी मात्र परीक्षण भएकाले अन्य विषादी तथा रसायनको हकमा उक्त नतिजा लागू नहुने जनाएको छ ।
















प्रतिक्रिया थप्नुहोस्