माछापुच्छ्रे बैंकले पनि मनायो ग्लोबल मनि वीक 

काठमाडौं, १२ चैत्र । वित्तीय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनी वीक २०२४ माछापुच्छ्रे बैंक लिमिटेडले पनि मनाएको छ । ‘प्रोटेक्ट यूवर मनी सेक्युर युवर फ्यूचर’ भन्ने मुल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनी वीक अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो । 
बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी ग्लोबल मनी वीक भव्य रुपमा मनाएको हो । 
सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धि आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरु, डिजिटल सेवाहरुको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा विस्तृत जानकारी दिइएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै