तरकारीको भाउमा विविधता, स्कुस २५ देखि पार्सले २६ सय रुपैयाँ किलोसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न तरकारी तथा फलफूलको मूल्यमा विविधता देखिएको छ । बजारमा तराईको गाजर प्रतिकिलो औसत ८५ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, हाइब्रिड सेतो मूला ५५ रुपैयाँ, लाम्चो भन्टा ५५ रुपैयाँ, डल्लो भन्टा ६५ रुपैयाँ र तने बोडी औसत १३८ रुपैयाँ ३३ पैसा रहेको छ । मकै बोडी ११० रुपैयाँ, लोकल तथा हाइब्रिड घिउ सिमी ९५-९५ रुपैयाँ र टाटे सिमी ७५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ ।

भटमासकोशा प्रतिकिलो १३० रुपैयाँ, तितो करेला १२३ रुपैयाँ ३३ पैसा, लौका तथा परवर ९५–९५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ९५ रुपैयाँ र झिगूनी ७५ रुपैयाँ औसतमा रहेको छ । पाकेको फर्सी ६५ रुपैयाँ, लाम्चो हरियो फर्सी ८५ रुपैयाँ, डल्लो हरियो फर्सी ५५ रुपैयाँ र भिण्डी ९५ रुपैयाँ किलोमा कारोबार भइरहेको छ ।

सखरखण्डको औसत मूल्य ११० रुपैयाँ, बरेला ११५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ र स्कुस २५ रुपैयाँ किलो रहेको छ । रायो, पालुङ्गो र चमसूरको साग प्रतिकिलो १७५ रुपैयाँ तथा तोरीको साग ६५ रुपैयाँमा बिक्री भइरहेको छ । हरियो प्याजको औसत मूल्य २७५ रुपैयाँ किलो पुगेको छ ।

च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २४३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ ४७५ रुपैयाँ, राजा च्याउ ३१५ रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँ रहेको छ । कुरिलो ७५० रुपैयाँ, न्यूरो ९५ रुपैयाँ र चुकुन्दर ६५ रुपैयाँ किलोमा कारोबार भइरहेको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३२५ रुपैयाँ, जुम्लाको स्याउ ३०० रुपैयाँ र मुस्ताङको स्याउ १७५ रुपैयाँ रहेको छ । नेपाली केरा दर्जनको १७५ रुपैयाँ तथा मालभोग केरा १२५ रुपैयाँमा बिक्री भइरहेको छ। कागती २५० रुपैयाँ, अनार ३२५ रुपैयाँ, भारतीय सुन्तला १७५ रुपैयाँ र तरबुजा ६५ रुपैयाँ किलोमा कारोबार भइरहेको छ ।

त्यस्तै नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५५० रुपैयाँ, किवी ३७५ रुपैयाँ, एभोकाडो ३०० रुपैयाँ, अमला ९० रुपैयाँ र लप्सी ५५ रुपैयाँ रहेको छ ।

मसला तथा अन्य वस्तुतर्फ अदुवा प्रतिकिलो २१५ रुपैयाँ, सुकेको खुर्सानी ५२५ रुपैयाँ, लाम्चो तथा बुलेट हरियो खुर्सानी ११०-११० रुपैयाँ र हरियो धनियाँ १७५ रुपैयाँ रहेको छ । चिनियाँ सुकेको लसुन २४२ रुपैयाँ ५० पैसा तथा नेपाली सुकेको लसुन २१७ रुपैयाँ ५० पैसा किलोमा कारोबार भइरहेको छ ।

बजारमा केही वस्तुको मूल्य भने तुलनात्मक रूपमा महँगो रहेको छ । पार्सलेको औसत मूल्य प्रतिकिलो २ हजार ६ सय रुपैयाँ, सिताके च्याउ ९०० रुपैयाँ, सुकेको माछा ९०० रुपैयाँ र कुरिलो ७५० रुपैयाँ रहेको छ ।

यसैगरी ताजा माछातर्फ रहु प्रतिकिलो ३५५ रुपैयाँ, बचुवा ३२० रुपैयाँ र छडी माछा ३३५ रुपैयाँ औसत मूल्यमा कारोबार भइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑