काठमाडौंमा सञ्चालित क्यान्टिन तथा मिठाई पसलमा संयुक्त अनुगमन, १० हजार रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौंमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले खाद्य व्यवसायको अनुगमन गरेको छ । अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३५ स्थित वैदेशिक रोजगार विभागमा सञ्चालित बिहानी खाजा घरमा खाद्य स्वच्छता तथा सरसफाइमा कमजोरी भेटिएको जनाइएको छ ।

अनुगमनमा खाना पकाउने स्थान पर्याप्त सफा नरहेको, खाद्य पदार्थ खुला राखिएको, मासु कोठाको सरसफाइ कमजोर रहेको, पर्याप्त क्षमताको Exhaust Fan नभएको तथा कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा कीट नियन्त्रणको उचित व्यवस्था नभएको पाइएको थियो ।

टोलीले व्यवसायीलाई खाना बनाउने स्थान व्यवस्थित र सफा राख्न, खाद्य पदार्थ ढाकेर राख्न, Exhaust Fan को उचित व्यवस्था गर्न तथा सरसफाइ र कीट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन दिएको छ । साथै, उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु. १० हजार जरिवाना गरिएको जनाइएको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित दाजु भाइ स्वीट्सको अनुगमनमा सामान्य सरसफाइ भए पनि कीट नियन्त्रण प्रभावकारी नभएको र मासु तथा तरकारी छुट्टाछुट्टै भण्डारण नगरेको पाइएको छ । पसललाई सरसफाइ तथा कीट नियन्त्रण थप प्रभावकारी बनाउन र खाद्य पदार्थ सुरक्षित रूपमा भण्डारण गर्न निर्देशन दिइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑