काठमाडौं, १० फागुण । वैदेशिक रोजगारीका कारण कृषियोग्य जमिनहरु खाली रहने गरेको पछिल्लो परिवेशमा विदेशबाट फर्किएका नेपालीहरु र केही गर्छु भनेर चाहना राख्ने युवाहरुले नेपालमा कृषि क्षेत्रलाई व्यावसायिक बनाउन लागि परेका उदाहरणहरु देखिन थालेका छन् ।
रोजगारीको अवसर खोज्दै मानिसहरु गांउबाट शहर सर्ने क्रम पनि तिव्र छ । त्यसका साथै बढ्दो क्रममा रहेको शहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गइरहेको अवस्थामा सहरका मानिसहरुमा कौसी खेतीको चाह बढ्दै गएको पाइएको छ ।
यसै परिवेशलाई मध्यनजर गर्दै लेखक डा.राजेन्द्र सापकोटा र दिपक शर्माले कौसी÷करेसाबारी (तरकारी खेती प्रविधि) नाम पुस्तक बजारमा ल्याएका छन् । पुस्तकले कृषक, गैरकृषक र आमनागरिकमा तरकारी र यसको महत्व, स्वास्थ्यका लागि स्वस्थ तरकारी, तरकारी खेती कसरी गर्ने? यस पुस्तकले विषादी र यसका प्रभाव, अर्गानक खेती, बेमौसमी तरकारी खेती, खाद्य सुरक्षा लगायतका विषयबारे जानकारी दिनेछ । तरकारी कृषिको महत्व दर्शाउने यो पुस्तक जो कसैका लागि पनि उपयोगी रहेको पुस्तकका एक लेखक शर्माले बताएका छन् ।
हाम्रो दैनिकी खानामा तरकारीको विशेष महत्व छ । तरकारी उत्पादनबाट हाम्रो खानामा पोषण तत्वको अवस्था सुधार्न सकिने र आर्थिक रुपमा आम्दानी पनि बढ्ने हुन्छ । मानिसलाई स्वस्थ रहन आवश्यक पर्ने प्रायः सबै तत्व प्रचुर मात्रामा तरकारीमा पाइन्छ ।
दैनिक रुपमा स्वस्थ र ताजा तरकारी सेवनका लागि आफ्नै घर कौसी र करेसाबारीबाट तरकारीको आवश्यकता परिपूर्ति गर्न सकिन्छ । कृषकहरुको स्तर माथि उठाउनको लागि पनि व्यवसायिक तरकारी उत्पादन एक निकै महत्वपूर्ण स्रोत हुँदै आएको छ । त्यसैले पुस्तक प्रकाशन गरिएको लेखकले बताए । यो पुस्तक कागजपत्र मिडिया प्रा.लिले बजारमा ल्याएको हो ।
????कौशि खेति गर्ने तरिकाको पुस्तक पाउनु पाए आभारि हुने थिए असाध्यै राम्रो लागेको छ यस्ता तालिमहरू भए अति राम्रो हुनेछ











कौशि खेति गर्ने तरिकाको पुस्तक पाउनु पाए आभारि हुने थिए