Skip This

अन्जनी जोशीले जितिन् कौसी क्वीन-२०८१ को उपाधि

काठमाडौं, १७ असार । चौथो संस्करणको ‘कौसी क्वीन–२०८१’ सम्पन्न भएको छ । सोमबार बानेश्वरस्थित होटल अर्यालमा एक कार्यक्रमको आयोजना गरी ‘चौथो कौसी क्वीन–२०८१’ सम्पन्न भएको हो । 
चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जनी जोशीले जितिन् । उनलाई कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले विजेताको ताज पहिरिइन् । 
यस वर्षको कोसी क्वीनको फस्ट रनर अप गंगादेवी तिमल्सिना, सेकेन्ड रनर अप कमला घिमिर र थर्ड रनर अप कमल माया श्रेष्ठ भए । 
उनीहरूलाई मन्त्री साह लगायत सचिव राजेन्द्र मिश्र, तरकारी बाली विकास केन्द्रका प्रमुख दिनेश प्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख तेजप्रसाद दवाडीलगायतले पुरस्कार वितरण गरेका थिए । 


प्रज्ञान क्रिएसन प्रालिद्वारा सञ्चालित कृषिसम्बन्धी अनलाइन हलोखबर डटकमले प्रत्येक वर्ष कौसी क्वीन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा देशभरबाट २५ जना भन्दाबढीको सहभागिता रहेको थियो । 
बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने र कौसी खेती गरिरहेकाहरूलाई थप प्रोत्साहित गर्न निजी क्षेत्रबाट आफ्नो कम्पनीले कार्यक्रम गर्दै आएको प्रज्ञान क्रिएसनका अध्यक्ष मनोज श्रेष्ठले बताए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै

↑