परिचय
शहरी कृषि भन्नाले आम जनमासमा शहरको कौशी वा करेसामा गरिने कृषि भन्ने बुझाइ रहेको पाइन्छ । तर शहरी कृषिको कार्यक्षेत्रभित्र कौसी ,करेसा लगायतका क्षेत्रमा घरायसी आबश्यकताको केही अंश पूर्ति गर्ने गरिने खेतीका अलावा शहर क्षेत्रमा ब्यवसायिक रुपमा गरिने खेती तथा शहर आसपासका क्षेत्रमा शहरी जनसंख्याको माग अनुसारको उत्पादन परिपूर्तिको लागि ब्यवसायिक रुपमा गरिने फलफूल तरकारी तथा पशुपालन समेतलाइ जनाउने गर्दछ ।
शहरी कृषिमा परम्परागत तथा स्थानिय सिपमा आधारित करेसाबारी, बरण्डा तथा शहरका साना साना क्षेत्रमा गरिने एकिकृत खेतीका रुपमा अलावा बर्तमान अबस्थामा तले प्रणाली तथा कृत्रिम लाइट तथा माटो विनाको प्रविधिमा आधारित पानी, हावा ,माछा तथा विभिन्न मिडियामा आधारित महंगा प्रविधिको विश्व तथा नेपाली परिवेशमा समेत प्रयोग भएको पाइन्छ तर कम लागतमा आधारित स्थानिय प्रविधि तथा स्रोत साधनको प्रयोग बाटमात्र दीगो शहरी कृषि संभब छ तसर्थ यस लेखमा कम लागतमा आधारित तरीकाको चर्चा गरिएको छ
आबश्यकता
शहरी कृषिको आबश्यकतालाइ निम्न बुँदाले प्रष्ट पार्दछन्
- परिवारको इच्छा अनुसारको स्बच्छ एवं ताजा तरकारी तथा फलफूल आपूर्ति गर्न
- दैनिक तरकारी तथा फलफूल किन्नको लागि लाग्ने पैसा तथा समयको बचत गर्न
- दैनिक भान्साबाट निस्कने कुहिने फोहरमैलाबाट मल निर्माण गरी बाताबरण प्रदुषण नियन्त्रण तथा शहरी क्षेत्रमा हरियाली प्रर्बद्धन गर्न
- शारिरिक तथा मानसिक तन्दुरुस्ती प्रदान गर्न
- मागको केही अंश आफ्नै उत्पादनबात परिपूर्ति गर्न ःउपत्यका भित्र मात्र करिव ४० लाखभन्दा वढी जनसंख्या वसोवास गर्ने सन्दर्भमा एक ब्यक्तिलाइ स्वस्थ जिबन यापनको लागि दैनिक ३२५ ग्राम तरकारी आबश्यक –जरे ७५ ग्राम, कोसे ७५ ग्राम, फल ७५ ग्राम र सागपात १०० ग्राम ) जस अनुसार उपत्यकामा बसोवास गर्ने जनसंख्याको दैनिक तरकारीको आबश्यकता १३०० मे.टन रहेको सन्दर्भमा उपलब्ध प्रविधि, श्रोत, मौसम र बालीको उपयोग गरि घरायसी आबश्यकताको केही अंश पुरागर्न ।
शहरी खेती कसरी गर्ने∕ बिधि
यस लेखमा शहरी तरकारी र फलफूल खेतीको बारेमा चर्चा गरिएको छ
शहरी तरकारी तथा फलफूल खेतीको लागि स्थानको छनौट
प्रशस्त घाम लाग्ने तथा सजिलैसंग पानी दिन सकिने तथा गोडमेल गर्न सकिने, निकासको उचित प्रबन्ध भएका तल उल्लेखित ठाउँहरु उपयुक्त हुन्छन् ः
- घरको छत
घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य बिरुवा हुर्काउन सकिने पदार्थहरू जस्तै : कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ ।
- घरको बरण्डा
पक्की घरमा घर अनुसार निकालिएका कौसीहरू (द्यबअियलथ) मा उपयुक्त–आकारका भाँडा गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।
- घरको कौसी
- कौसी वा बरण्डाको रेलिङ्ग
- घर–कम्पाउण्डको पर्खाल
- करेसावारी
- संरचनामा आधारित शहरभित्रका क्षेत्रमा ब्यवस्थित उत्पादन
शहरी खेतीका प्रचलित प्रकारहरु
शहरी खेतीलाइ साधारण रुपमा संरचनामा आधारित र जमिनमा आधारित गरी २ बर्गमा विभाजन गर्न सकिन्छ
१. संरचनामा आधारित
यसमा खेतीका लागि उपयुक्त विभिन्न संरचनाको प्रयोगवाट कौसी, बरण्डा आदि क्षेत्रमा गरिने खेती तथा आधुनिक संरचनामा गरिने खेती पर्दछन्
१.१ स्थानिय स्तरमा उपलब्ध
यसमा प्लाष्टिक, वोरा, काठका वाकस, माछा प्याकिंग भएर आउने स्टाइरोफोम, गमला, प्लाष्टिकका वोतल जस्ता परम्परागत संरचना पर्दछन्
१.२ आयातित संरचना
यसमा प्लाष्टिकका ग्रो ब्याग, सिल्पाउलिनवाट बनेका विभिन्न आकार प्रकारका संरचना आदि पर्दछन्
१.३ उच्च प्रविधिमा आधारित संरचना
यसमा हाल आएर नेपालमा अबलम्वन भएका माटोविनाका खेती प्रविधि जस्तै पानीमा खाद्यतत्व दिइ गरिने खेती, माछामा आधारित खेती, विभिन्न मिडिया (कोकोपिट, पर्लाइट, भर्मिकम्पोष्ट) आदि प्रयोग गरि गरिने खेती पर्दछन्
२. माटोमा आधारित खेती
यसमा स साना क्षेत्रफल जस्तै करेसावारी तथा पर्खालको छेउमा उपलब्ध माटोको प्रयोग गरी खेती गर्ने तथा गमला लगायतका संरचनामा माटो प्रयोग गरि गरिने खेती पर्दछ जुन धेरैजसो शहरी बासिन्दाहरुले अबलम्वन गरेको पाइन्छ । यसका अलावा शहरभित्र टनेल लगायतका संरचनामा आधारित खेतीलाइ समेत माटोमा आधारित खेतीले समेट्दछ ।
चित्र: माटो गड्यौली मल र कोकोपिटको मिश्रणवाट बिभिन्न संरचनाहरुमा गरिएको कौसी खेती
वालीको छनौट
शहरी खेती प्रायजसो साना संरचना तथा कौसीमा गरिने खेती भएकोले बाली छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिन जरुरी छ
- जरा सकभर कम फैलने खालको तथा जरा कम गहिराईमा सिमित रहने
- छिटो उत्पादन दिने
- लामो समयसम्म उत्पादन दिने
- बोट धेरै नझाङ्गिने
- ब्यवस्थापन गर्न सहज हुने तथा पटक पटक उत्पादन गर्न सकिने
साना संरचना तथा करेसावारीमा उपयुक्त केही फलफूल तथा तरकारीहरु
खेती गरिने स्थानको हाबापानी, मोहडा तथा उपलब्ध संरचनालाई बिचार गरी शहरी खेतीमा निम्न प्रकारका फलफूल तथा तरकारी बालीहरु खेती गर्न सकिन्छ ः
तलिका ः शहरमा खेती गर्न सकिने केही फलफूलहरु
| फलफूलको प्रकार |
फलफूल बाली |
| पतझड फलफूल |
अंगुर, अंजीर , जापानिज हलुवाबेद तथा नास्पातीका कलमी गरिएका विरुवा |
| सदाबहार फलफूल |
अम्बा, आम्रपाली आँप, मल्लिका आँपका कलमी गरिएका बिरुवा |
| सुन्तलाजात फलफूल |
कागती, मुन्तला, उन्सु सुन्तला, जुनारका कलमी गरिएका बिरुवा |
| कमलो फलफूल |
स्ट्रबेरी, पेपिनो, भूइ स्याउ |
तालिका : शहरमा साना क्षेत्रमा खेती गर्न सकिने केही तरकारीहरु
| तरकारी बाली |
जात |
| गोलभेंडा |
मनप्रेकस, अभिनाश, मनिषा, सृजना, लगायत सिफारिस गरिएका अन्य जातहरु |
| भण्टा | पुसा पर्पल लङ, नूर्की, जुम्ली स्थानीय लगायत सिफारिस जातहरु |
| भेडे खुर्सानी |
क्यालिफोर्निया वण्डर, बेल बण्डर, इन्द्रा लगायतका जातहरु |
| खुर्सानी | ज्वाला, कर्मा ७४७, एन एस १७०१, अकबरे |
| स्विसचार्ड | सुसाग |
| रायो | खुमल चौडापात, खुुमल रातोपात, मार्फा चौडापात |
| तीते करेला |
पुषा दोमौसमी, कोयम्बटुर लङ्ग , पाली |
| काँक्रो |
जापानीज ग्रीन लङ्ग, माइको ग्रीन लङ्ग, भक्तपुर स्थानिय , मालिनी , निन्जा आदि |
| लौका | स्थानिय, कावेरी , एन एस ४०१ |
| घिरौला |
स्थानिय, पुषा चिल्लो, कान्तिपुरे, न्यू नारायणी |
| जुकेनी | ग्रे कोट, ग्रिनबल,सोण्डो भी |
| काउली |
खुमल ज्यापू,सिल्भर कप, ह्वाइट कप, स्नो मिस्टिक ,देवी |
| बन्दा |
टी ६२१, ग्रीन कोरोनेट |
| ब्रोकाउली | ग्रीन स्प्राउटिङ्ग, प्रिमियम क्रप , सेन्टाउरो |
| ग्याँठ गोभी |
सम्राट, ह्वाइट भियाना,पर्पल भियाना, आदि |
| सिमी | झाँगे, त्रिशुली, चौमासे तथा हिउँदे सिमी |
| बोडी |
मालेपाटन १, मिटर, खुमल तने, आकाश आदि |
| रामतोरिया |
अर्का अनमिका, पार्वती, जुली आदि |
| प्याज | एग्री फाउन्ड डार्क रेड, रेड क्रियोल, एन ५३ |
| सलगम | काठमाण्डौ रातो, पर्पल टप |
| मूला |
चलिस दिने, मिनो अर्ली, प्युठाने रातो, ग्रिन बो |
| लसुन | स्थानिय |
| धनिया | स्थानिय, कलमी |
| पालुँगो |
पाटने |
| अदुवा |
कपुरकोट १, स्थानिय |
| चम्सुर |
स्थानिय |
यस बाहेक जिरीको साग, चुकन्दर, लट्टे,थाइ पालुंगो जस्ता तरकारी बाली समेत शहरी खेतीमा लगाउन सकिन्छ ।
शहरी खेतीको आकार
शहरी खेती हाम्रोमा कौसी तथा करेसावारीमा सिमित भएको सन्र्दभमा कौसी तथा करेसा बारीमा कुन तरकारी कति लगाउने भन्ने कुरा परिवारको आवश्यकता ,उपलब्ध स्थान तथा श्रोत साधनमा भर पर्दछ सामान्यतया ४ देखी ६ जना परिबारको लागि ताजा तरकारी आपूर्तिको लागि ४०–५० वटा गमला वा अन्य संरचनाहरु वा २५–३० बर्ग मिटर क्षेत्रफल बराबरको छत अथवा काठको ट्रे को आवश्यक पर्दछ । माथिको क्षेत्रफल तथा संरचनाको अधिकतम उपयोग गरेमा प्रति ब्यतिm दैनिक ३२५ ग्रामका दरले तरकारी उपलब्ध गराउन सकिन्छ । यदि बरण्डा वा कौसीमा खेती बिस्तार गर्ने हो भने आफूले बनाएको घरको संरचना कति बलियो छ र त्यसले कति भार बहन गर्न सक्दछ भन्ने कुरामा समेत विचार पुर्याउन आबश्यक छ । यदि बरण्डा, पर्खाल लगायतका क्षेत्रहरु प्रशस्त छ भने सो क्षेत्रमा समेत तल्ले पद्धति (vertical system) मा खेती गर्न सकिन्छ ।
| तरकारीको नाम | बिरुवा संख्या |
लगाउने समय तराई भित्री तराई वा खोच बेसी मध्य पहाड |
प्रतिबोट सरदर उत्पादन किलोग्राम |
किलोग्राम जम्मा उत्पादन किलोग्राम |
|
|---|---|---|---|---|---|
| 1 | १. गोलभेडा | ५ बोट |
असार–कार्तिक (भाद्र चैत्र) / फागुन– असार (बैशाख–असोजं) | ३ | १५ |
| २. भन्टा |
५ बोट |
फागुन–बैशाख (बैशाख–भदौ)/ फागुन– असार (बैशाख–असोजं) |
३ | १५ | |
| ३. रामतोरीया |
१० बोट |
फागुन–बैशाख (बैशाख–भदौ)/ बैैशाख—जेठ (असार–भदौ) |
१ | १० | |
| ४. पिरोखुर्सानी |
५ बोट |
असार–कार्तिक (भाद्र–चैत्र) / माघ–असार (बैशाख–भाद्र) |
१ | ५ | |
| ५.भेडेखुर्सानी |
५ बोट |
असार–कार्तिक (भाद्र–चैत्र) / फागुन–बैशाख (बैशाख–भाद्र) | २ | १० | |
| ६. तितेकरेला |
२ बोट |
पुस–बैशाख (चैत्र–भदौ) / चैत्र —बैशाख (असार–असोज) | ३ | ६ | |
| ७. स्विसचार्ड |
१० बोट |
असोज–मंसिर (बाह्रैं महिना) / बाह्रैं महिना (बाह्रैं महिना) | २ | २० | |
| ८. रायो |
२० बोट |
असोज–मंसिर (मंसिर–फागुन) / भाद्र –पुस (असोज–फागुन) | १ | २० | |
| ९. ब्रोकाउली |
१० बोट |
असोज–मंसिर (कार्तिक माघ) / भाद्र–पुस (कार्तिक–फागुन) | ०.५ | ५ | |
| १०. सिमी |
१० बोट |
भाद्र (असोज–कार्तिक) / फागुन–चैत्र (बैशाख–जेष्ठ) | २ | २० | |
| ११. जुकेनी |
४ बोट |
माघ–फागुन (चैत्र–बैशाख) / फागुन–चैत्र (बैशाख–जेष्ठ) | ३ | १२ | |
| १२ लौका |
४ बोट |
माघ–फागुन (चैत्र–बैशाख) / फागुन–चैत्र (बैशाख–जेष्ठ) | १० | ४० | |
| १५ अदुवा |
१० वोट |
फाल्गुन ( कार्तिक– मंसिर) / फाल्गुन ( कार्तिक– मंसिर) | ०.५ | ५ | |
| १६ लसुन |
३० वोट |
फाल्गुन ( कार्तिक– मंसिर) / फाल्गुन ( कार्तिक– मंसिर) | ०.१ | ३ | |
| १७ प्याज |
१०० वोट |
पुष माघ ( असार साउन ) / माघ फाल्गुन ( असार साउन ) | ०.१ | १० | |
| १८ धनिया, चम्सुर र पालुँगो |
१०० वोट |
पानी अत्याधिक पर्ने तथा गर्मी समय बाहेक पानी अत्याधिक पर्ने तथा गर्मी समय बाहेक | ५ |
नोट: कोष्टभित्रको समयले उत्पादन दिन शुरुहुने समय जनाउँदछ । लहरा जाने विरुवा लगाउँदा बरण्डा तथा पर्खालको छेउमा लगाउन जरुरी हुन्छ भने तिनीहरुको मुनि छायाँमा हुर्कने अदुवा जस्ता बाली लगाउन सकिन्छ
बालीको हेरचाह तथा गोडमेल
बाली टिपाई
तरकारी तथा फलफूलको उपयुक्त अबस्थाको विचार गरी टिप्नु पर्दछ । फल ठुलो बनाएर टिप्छु भनेर धेरै समय बोटमै राख्नु हुदैन यसले नयाँ आउने फल लाइ असर पार्दछ । तसर्थ टिप्न योग्य अबस्थाको विचार गरी टिप्दै जानु पदर्छ ।
शहरी खेतीमा रोग तथा कीरा ब्यबस्थापन
रोग तथा कीरा नियन्त्रणका केही प्रभावकारी र बिधिहरु
खेती गर्ने प्रबिधिहरु बाट
यो तरिका सबभन्दा प्रभावकारी तरिकाको रुपमा लिन सकिन्छ जसमा निम्न लिखित तरिकाहरु पर्दछन्:
माटोभित्र बसी बोट बिरुवामा आक्रमण गर्ने रोग तथा कीरा ब्यबस्थापन






प्रतिक्रिया थप्नुहोस्