कोरोना (कोभिड–१९)को संक्रमणपछि मात्रै नभएर त्यो भन्दा पहिले पनि मानिसको चासो कृषि प्रति धेरै हुने गरेको थियो भन्ने उदाहरण हुन् सरिता भट्टराई श्रेष्ठ दम्पत्ती। धापाखेलस्थित माउण्टेन बी कन्सर्नको नामबाट उनीहरुले मौरी पालन गर्दै आएका हुन्। 

विशेषगरी विदेशबाट फर्किएर धेरै नै कृषिमा लागेका छन्। सरकारको कृषि नीतिले स्पष्टसंग सुरक्षित भएर काम गर्ने वातावरण नहुदा कृषि गर्दै नाफा नभएपछि छाड्नेहरु पनि छन्। अहिले श्रीमान श्रीमति दुबैजना मौरी पालनमा लाग्नु भएको छ। मौरी पालन सम्वन्धि सम्पूर्ण काम आपैmले रेखदेख गर्ने गरिएको छ। उनीहरुले मौरीका घारहरु पनि उत्पादन गर्दै आएका छन्। यस्ता घारहरु कृषक वा कुनै संस्था मार्पmत माग अनुसार पठाउने गरिएका छन्। 

सरिताका अनुसार उत्पादित महको बजार निकै राम्रो भएका कारण ललितपुरको कुपण्डोलमा बिक्री केन्द्र पनि खोलिएको छ। उनी भन्छिन्, ‘नेपाली महको माग विदेशबाट समेत आउने गरेको कारणले गर्दा नेपालमा मौरी पालनको भविश्य निकै राम्रो रहेको अनुभव पनि गरिएको छ।’
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रतिक्रिया थप्नुहोस्

लोकप्रिय

ताजा समाचार

सबै

धेरै पढिएको

सबै

प्रविधि

सबै

समाचार

सबै

पशुपन्छी

सबै