काठमाडौँ, १९ जेठ । संघिय संरचनामा नेपाल प्रवेश गरेसंगै विगतमा रहेका जिल्ला कृषि विकास कार्यलय र पशु विकास कार्यलय पूर्नसंरचना गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । छरिएर रहेका कृषि कार्यक्रमलाई एकै ठाउँमा समेटी सबै किसानको पहुँचमा अनुदान पुर्याउने उदेश्यले स्थापित ज्ञान केन्द्रले हाल सरकारले लिएको लक्ष्य अनुरुप कार्यक्रम संचालन गर्दै आएको छ ।
त्यसै मध्येको एक हो ज्ञान केन्द्रले संचालन गरेको कृषि अनुदान कार्यक्रम हो, पुष्प व्यवसाय केन्द्रित कार्यक्रम । केन्द्रले प्रदान गरेको अनुदानबाट आफ्नो व्यवसायलाई सहजिकरण तथा सफलतापुर्वक व्यवसायीहरूले आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेको छन् । प्रस्तुत छ, पुष्प व्यवसायमा लागेका केही व्यवसायीसँग कुरानकानीमा तयार पारिएको भिडियो स्टोरी :






प्रतिक्रिया थप्नुहोस्