कुमारीपाटी, ललितपुरस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था मार्पmत महालक्ष्मी नगरपालिका वडा नं ५ मा संचालनमा रहेको कृषि परियोजनाले ग्यापको मान्यता पाएको छ। दुइसय रोपनीमा गरिएको तरकारी खेतीलाई नेपाल सरकारको असल कृषि अभ्यास परियोजना ग्यापको मापदण्ड अनुरुप संचालन गरिएको छ।
स्थानियको जमिन भाडामा लिएर गरिएको यस कृषि परियोजनामा जग्गाधनीलाई रोजगारी समेत दिइएको छ। सहकारी संस्थाले कृषि मार्पmत जीवन समृद्ध गराउनेतर्फ उन्मूखछ। कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अध्यक्ष तेज बिक्रम थापाका अनुसार सहकारी अन्तर्गत संचालित यस कृषि परियोजनाले मुख्य रुपमा उत्पादन हुने कृषिजन्य वस्तुहरुलाइ विषादी रहित बनाउन जोड दिंदै आएको छ ।
यसका लागि सम्भव भएसम्म जैविक मल तथा जैविक विषादीको प्रयोगलाइ प्राथमिकता दिदै आएको थापाले बताए। त्यस्तै टिकाथली कृषि परियोजनाका प्राविधिक पुष्कर आचार्यका अनुसार फार्मको करिव पचास रोपनी जमिन गाई पालनको लागि छुट्याईएको छ। हाल करिव पैसठ्ठी वटा गाईहरु छन्। यिनको लागि आहाराको रुपमा दानाको साथमा मुख्य रुपमा फार्ममा उब्रेका हरिया परिया खाद्यवस्तु प्रयोग गर्ने गरिएको छ। यस बाट गाईको स्वास्थ्य लगायत दुध उत्पादन पनि राम्रो हुने गरेको छ।
आचार्यकाअनुसार खेतीमा प्रयोग गर्न यीनै गाईबाट मिल्ने गोबरलाइ मलको रुपमा प्रयोग गर्ने गरिएको छ। यस कृषि परियोजनाले उत्पादित कृषि उपज कृषि फ्रेसको नामबाट विक्री गर्दै आएको छ। विचौलियाको मारमा नपरोस भन्ने धारणाका साथ संस्थाले उपत्यका विभिन्न स्थानमा विक्री केन्द्रको पनि स्थापना गरेको छ। विक्री केन्द्रसम्म कृषि उपज पुर्याउन, संस्थामै ग्रेडिङ तथा प्याकेजिङ गर्दै आएकोछ।
यस परियोजनामा हाल बहत्तरजना कामदारहरु नियमित कार्यरत छन्।







प्रतिक्रिया थप्नुहोस्