राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार दुवै अध्यादेश मंगलबार, २०८३ असोज २७ गते जारी भएका हुन्।
अध्यादेश जारी भएसँगै वन तथा भूमि क्षेत्रसँग सम्बन्धित कानुन संशोधन गर्ने प्रक्रिया अघि बढेको छ। यद्यपि, संशोधनबाट के-कस्ता कानुनी व्यवस्था परिवर्तन भएका छन् भन्ने विस्तृत विवरण भने विज्ञप्तिमा उल्लेख छैन।










प्रतिक्रिया थप्नुहोस्